२७ बैशाख २०७५, बिहीबार

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवादका गफ मात्रै धेरै भएकाे तर काम हुन नसकेकाे बताएका छन् । देश विकासका लागि समाजवादका ठूला कुरा गरेर मात्र नहुने भन्दै उनले पूर्वाधारको विकास र समाजिक विकासलार्इ एकैसाथ लग्नुपर्ने बताएका हुन् ।

अाजबार संघीय संसदमा सुरू भएकाे आर्थिक वर्ष २०७५/७६ बजेटका सिद्धान्त र प्राथमिकतामाथिकाे छलफलमा बाेल्दै डा. भट्टराईले एमाले र माओवादीको नारा बनेको समाजवादका ठूला कुराभन्दा पनि वृद्धि र विकासमा अघि बढ्नुपर्ने  बताए ।

पूर्वााधार विकासमा रेल, सडक, सिचाइँ जस्ता संरचनाकाे तीव्र विकासका साथै सामाजिक पूर्वाधार शिक्षाकाे व्यावसायि र प्रविधिक विकास नगरेसम्म विकास सम्भव नहुने तर्क गरे । मुलुकको ७५३ वटै स्थानीय तहमा प्रविधिक शिक्षालय खोल्नै पर्नेमा उनकाे थियाे । साथै पछिल्लाे समय भूउपयोगमा मनपरी चलेको भन्दै उनले प्रभावकारी भूउपयाेग नीति बनार्इ लागू गर्न अाग्रह गरे ।

देश विकासकाे मूल बाधक भ्रष्टाचार समेत रहेकाे  भन्दै यसकाे अन्त्य गरेर मात्र देश विकास हुने बताए।  नियन्त्रणका लागि काम न काजको अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेकाे भन्दै उनले त्यसको सट्टामा संविधान संशोधन गरेर प्रधानमन्त्रीलगायत सार्वजनिक पदमा बसेका माथि निगरानी राख्न सक्ने शक्तिशाली आयोग बनाउनुपर्ने धारणा  राखाे ।

नयाँ शक्ति पार्टी नेपालका संयाेजक समेत रहेका डा. भट्टराईले शुक्रबार नेपाल अाउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कुनै कञ्जुस्याइँ गर्न नहुने धारणा समेत राखे। भट्टाराईले मोदीको स्वागतका लागि भइरहेको कामप्रति कुनै नकारात्मक टिप्पणी नगर्न आग्रह गरे।  तर, मोदीसँग कुरा गर्दा राष्ट्रहितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए।

LIVE TV