२७ बैशाख २०७५, बिहीबार

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा फिल्म प्रचार प्रसारको नौलो तरीका अपनाउन थालिएको छ ।यस्तैमा हालै फिल्म लम्फू’को टोेली त्रिभुवन विश्वविद्यालय पुगेको छ।

तरकारीवालीको नामले चर्चीत कुशुम श्रेष्ठको पनि अभिनय रहेको फिल्म लम्फू’का टिम प्राज्ञिक विद्यार्थी परिषद नेपालले आयोजना गरेको कला, साहित्य एवंम् साँस्कृतिक कार्यक्रममा पुगी ‘लम्फू’ को प्रचार गरे।

कार्यक्रममा पाँच सय बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो । क्षमता भएर पनि बेरोजगार हुँदाको पीडाको कथा बोक्ने ‘लम्फू’ यूनिट नेपालकै ठुलो विश्वविद्यालयमा पुगेको हो । जुन निकायबाट नेपालमा सबैभन्दा बढि शिक्षित नागरिकको जन्म हुन्छ त्यहिँ पुगेर ‘लम्फू’ले प्रचार गरेको छ ।

कलाकार सञ्जितले त्रिविमा पहिलो पटक नेपाली चलचित्रको प्रचार गर्न पाएकोमा खुसी व्यक्त गरे ।

LIVE TV