२७ बैशाख २०७५, बिहीबार

काठमाडाैं । नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहका सदस्य डा. राजन भट्टराईले नेपाल भ्रमणमा अाउँदा भारतीय प्रधानमन्त्रीलार्इ नागरिक अभिनन्दन गर्ने नेपाली परम्परा नै रहेकाे बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी दुर्इदिने नेपाल भ्रमणमा अाउन लागेका बेला उनलार्इ गरिने भनिएकाे नागरिक अभिनन्दनको अहिले जनस्तरमा व्यापक विरोध भइरहेको छ । यसै प्रसंगमा डा. भट्टरार्इले अभिनन्दनको विरोध केवल ‘विरोधका लागि विराेध’ भएको बताए।

अाज यहाँ आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भने, ‘यो हाम्रो परम्परा हो, १९५१ सालमा भारतका प्रधानमन्त्री जवारलाल नेहरु आउँदा टुँडिखेलमा नागरिक अभिनन्दन गरिएको थियो । डा. भट्टराईले विदेशी विशिष्ठ पाहुना आउँदा नागरिक अभिनन्दन गर्नु परम्परा नै रहेकाे हाे बताउँदै थपे, ‘हाम्रा प्रधानमन्त्री भारत जाँदा पनि त्यहाँ ठाँउठाँउमा नागरिक अभिनन्दन हुन्छ।’

उनले भारतीय प्रम मोदीलाई नगरको साँचो बुझाउन लागेको भन्दै विरोध हुनुसमेत जायज नभएको बताउँदै भने, ‘नगरको साँचो बुझाउँदै छ भनेर विरोध भइरहेको छ। यो पनि हाम्रो परम्परा हो ।

त्रिदेशीय साझेदारीमा जाेड

डा. भट्टरार्इले त्रिदेशीय साझेदारीका विषयमा साझेदारीका विषयहरु पहिचान गर्नुपर्ने समेत बताएका छन्। पत्रकारकाे प्रश्नमा उनले भने, ‘त्रिदेशीय साझेदारी गर्नुपर्छ। तर त्यस भन्दा अगाडि कुनकुन क्षेत्रमा साझेदारी गर्ने कस्तो किसिमको साझेदारी गर्ने भन्ने हामीले टुंगो लगाउनुपर्छ।’

नेपाल, भारत र चीन स्वतन्त्र मुलुक भएको तर्क पेश गर्दै उनले अगाडि भने, ‘नेपाल–चीन, नेपाल–भारत र भारत–चीनबीच स्वतन्त्र सम्बन्ध छ, त्रिदेशीय साझेदारीमा अन्य मुलुकहरु अगाडि बढिसके हामी पछाडि पर्‍यौँ। अब साझेदारीका क्षेत्र पहिचान गरी अगाडि बढ्नुपर्छ।’

 

LIVE TV