२७ बैशाख २०७५, बिहीबार
  • दीपेन्द्र गजुरेल,

म्याड्रिड । प्रवासी नेपाली मञ्च स्पेनले स्पेनका लागि नेपाली राजदुत भरत बहादुर रायमाझिलाई गम्भिर ध्यानकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ । मंगलबार म्याड्रिडस्थित राजदुतलाई कुटनितिक नियोगको सुरक्षा लगायतका दृष्टिकोणले सुरक्षित स्थानमा राख्नु पर्ने अन्य राष्ट्रहरुको जस्तै नेपाली राजदुताबासलाई ब्यवस्थित गर्नुपर्ने माग गरेका छन् ।

स्पेनबासी नेपालीहरुको ब्यापक जनगुनासो आएपछि प्रवासी नेपाली मञ्च स्पेनले नेपाली राजदुत भरत बहादुर रायमाझिलाई ज्ञापनपत्र बुझाएको हो । मञ्चका पदाधिकारीहरुको टोलीका एक सदस्यले आश्चार्य मान्दै भने ’राजदुत रायमाझि स्पेन आएको चार महिना सम्म कार्यालय खोल्न सकेका थिएनन् ।’

नेपाल सरकारले नेपालीहरुको समस्या समाधानका निम्ती राजदुत पठाएको भएता पनि राजदुत भाषा अनविज्ञताका कारण समस्यामा परेर अपाङ्ग जस्तै सिमित ब्यक्तीहरु संग सहकार्य गरेर मनोमानी ढंगबाट हिड्ने गरेको श्रोतले बतायो । नेपाल सरकारले ७४ माघ दशमा स्पेनका लागि प्रथम राजदुत भरत बहादुर रायमाझिलाई स्पेन पठाएको थियो ।

राजदुत रायमाझिको आगमन पश्चात कार्यालय संञ्चालनमा आउने आशा गरेका नेपालीहरु चार महिना पछि गत हप्ताबाट राजदुतको निजि निवासलाई भनेर २७ सय पचास युरोमा लिईएको घरको एउटा कोठाबाट कार्यालय संञ्चालन गरेकोमा राजदुतका नजिकका विश्वासपात्रले नाम नबताउने शर्तमा आश्चार्य चकित मान्दै बताएका छन् ।

नेकपा एमालेको जनबर्गिय संगठन प्रवासी नेपाली मञ्चले राजदुतलाई नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै सबैलाई उपयुक्त हुने स्थानमा राखिनु पर्ने,बालमैत्री कार्यालय हुनुपर्ने,अपाङ्ग मैत्री कार्यालय हुनुपर्ने,नेपालीहरुको बाक्लो बस्ती भएका ठाउमा घुम्ती सेवा प्रदान गर्नुपर्ने,परिवार पुर्नमिलनमा आई परेका समस्याहरु लगायत दश बुदे मागलार्ई कुटनितिक तरिकाबाट समाधान गर्न समेत ज्ञापनपत्र मार्पmत ध्यानर्कषण गरेको छ ।

म्याड्रिडबासी नेपालीहरु भन्छन् आफ्नो मनोमानी ढंगले नेपाली दुताबास म्याड्रिको मुख्य शहर भन्दा करिब पा“च किलो मिटर भित्र कुनामा निजि निवासलाई लिइएको भवनबाट काम संञ्चालन गरेकोमा रोष ब्यक्त गरेका छन् ।

श्रोतले बताए अनुसार नेपाल भ्रमण जाने पर्यटकहरुका लागि भिषा प्रवेज्ञा दिने स्टीकर समेत राजदुत आउदा नल्याएको,कार्यालयको लागि भन्दा पनि आफ्नो फौजि शासन जस्तै विना सल्लाह आदेशबाट मात्र कार्यालय चलाउन खोज्दा अहिले सम्म कामले गति लिन सकेको छैन् ।
स्थानिय कर्मचारी भर्ना गर्न बजेट विनियोजन भएर आएको भएता पनि कर्मचारी भर्ना अहिले सम्म हुन सकेको छैन् । राजदुत रायमाझिको भाषा असक्षमताका कारण अझै स्थानिय कर्मचारी राख्न एक महिना भन्दा बढि समय लाग्ने देखिन्छ ।
नेपालीहरुको भैपरी आउने समस्या,नेपालीहरुको तथ्याङ्क संकलन गर्नका लागि राजदुताबासलाई सवारी खरिद गर्न एक करोड रुपैया एक महिना अघि विनियोजन भएर आएको रकम समेत फ्रिज हुने अवस्थामा पुगेको छ । राजदुत रायमाझि संग यस विषयमा प्रतिकृया लिन खोज्दा उहा“को मोबाईलमा सम्र्पक हुन सकेन ।
यस विषमा राजदुताबासका प्रथम सचिव हरीहरकान्त पौडेल संग सम्र्पक गरी बुझ्न खोज्दा यस विषयमा आफुले बोल्न नमिल्ने राजदुत ज्यु संग बुझ्न आग्रह गरे उहाले भने ’स्पेन आएको म एक महिना भयो अहिले सम्म कर्मचारीको न्युनतम एउटा टेबल र कम्पुटर समेत आफुले नपाएकोमा गुनासो गरे ।’ रादुताबासमा अपाङ्ग पर्यटन आएमा आफ्नो हुईल चेयर बोकेर लैजान पर्ने अवस्थामा कार्यालय रहेको छ ।
नेपाली राजदुताबास भनेर राजदुतलले दावी गरेको घर नेपालको वडा कार्यालय भन्दा सानो भएको प्रवासी मञ्चका सदस्यहरुले बताए । चार महिना अघि आएका राजदुत रायमाझि सिमित ब्यक्तिहरुको घेरामा बसेर राजदुताबासको लागि चान्सरी भवन समेत खोज्न सकेका छैनन् ।
एनआरएनए म्याड्रिडका अध्यक्ष्ँ उत्तर राईले भने ढिलै भएपनि काम सुरु भएको छ अझै काम बाकी नै छ तर खै कता के नमिलेर हो काम चाहि ढिलै भएको छ । नेपाल सरकारले राजदुताबासको लागि बजेट पास गरेर पठाएको भएता पनि कामले गति लिन नसक्नु भनेको राजदुत माथिको कमजारी हो यो नेपाल सरकारको प्रतिनिधि असक्ष्ँम हो यो लज्जाको विषय भएको उहा नजिक विश्वास पात्रले नाम नलेख्ने शर्तमा बतायो ।

 

LIVE TV