२७ बैशाख २०७५, बिहीबार
  • नविन राई

काठमाडौँ ।  न्यायको पक्षमा वकालत गर्ने वकिलकै श्रीमती रातदिन अन्याय र अत्याचार सहेर बस्न बाध्य छिन् । अरूको न्यायको लागि लड्ने वकिलले अफ्नै श्रीमतीलाई भने अन्याय गरेर राखिराखेका छन् ।

कोटेश्वर घर भएकी उर्मीला जोशी (नाम परिवर्तन)को काठमाडौँ कपन घर भएको सुवास श्रेष्ठ (नाम परिवर्तन)सँग २०६९ साल वैशाख २८ गते विवाह भयो । उनीहरूको मागि विवाह भएको थियो  । उर्मीला नर्सिङ पढ्दै थिइन् । नर्सिङ सकाउन पाँच महिना बाँकी हुँदै उनको विवाह भयो । नर्सिङ त जसोतसो सकाइन् । विवाह गर्नु अघि डाक्टर पढाउँछु भनेका थिए सुवासले । उर्मीलाको पनि सानैबाट डाक्टर बन्ने इच्छा थियो । त्यो बेला उनलाई लागेको थियो मेरो सपना पनि पुरा हुने भयो तर उनको त्यो सपना भने अब कहिल्यै पुरा नहुने निश्चित जस्तै छ ।

उर्मीलाको परिवार सामान्य  थियो । उनलाई डाक्टर पढाउन  सक्ने स्थिति थिएन  । उनको घर परिवारमा धेरै दाजुभाइ दिदीबहिनी हुनाले सबैलाई उनको दाजोमा पढाउन सक्ने अवस्था थिएन । आर्थिक स्थिति सामान्य भएकै कारण आफूले बेलैमा  विवाह गर्नु परेको उनी बताउँछिन् ।

बिहान पाँचबजेदेखि बेलुका १०/११ बजेसम्म घरको काममा व्यस्त हुन्छिन् उनी । उनको हात कामले गर्दा पट्ट पट्ट फुटेको छ । जहिले पनि उनी घरको कामै व्यस्त हुन्छिन् । बिहान पाँच बजे उठेर घर पोछा लागाउने, सरसफाइ गर्ने सबै काम आफैले गर्छिन् । घर पोछा लगाएर चिया खाजा आफैँ बनाउँछिन् । ‘बिहान खाजा खाएको सबै भाडाकुडा धुँदा खाना बनाउने समय भइहाल्छ । खाना बनायो खायो खाना खाँदा १२ बजिहाल्छ । भाडाकुडा धुँदासम्म १ बज्छ ।’ उनले भनिन् -‘एक घण्टा जति पसलमा बस्यो फेरी खाजा बनाउने समय भइहाल्छ । खाजा बानायो खायो दुई घण्टा जति फेरी पसलमा गयो । त्यतिकैमा  फेरी खाना बनाउने समय भइहाल्छ । खाना बनाएर अरूलाई खुवाउदा ९/ १० बजिहाल्छ । अनि सासू र श्रीमानको गोडा मिच्दा  १० बज्छ । अनि खाना खादा भाडाकुडा धुँदा त ११  बजिसक्छ। उनले दुखेसो पोखिन् ।

खाना खाइसकेपछि पनि कहाँ सुत्न पाइन्छ र  सासूले भन्छिन्  खाना खाने बित्तिकै  सुत्नु हुँदैन । ‘एक घण्टासम्म त्यतिकै झुल्दै बस्नु पर्ने हुन्छ । टिभी खोल्यो भने पनि सुत्नेलाई डिस्टर्ब हुन्छ भन्दै कराउँछन् । दिन भरी घरको काम गर्दा गर्दै धेरै थकाइ लागेको हुन्छ, आफूलाई  कहिले सुतौ जस्तो लागेको हुन्छ नि तर के गर्ने आफूले भनेको बेला न त खान नै पाइन्छ न त सुत्न नै । कहिलेकाहि त बस्दा बस्दा निदाउँछु ‘उनले भनिन् ‘के गर्नु पहिला थाहा भएन अब त छाडेर हिँड्न पनि भएन । छाडेर हिँड्यो भने पनि हाम्रो नेपाली समाज जस्तो छ सबैलाई थाहा छदै छ  ।’

यो उनको पिडालाई कसले देख्ने ? जसलाई आफ्नो आधा जीवन नै सुम्पीन्  उसलाई नै केही मतलब छैन । सुवासको अनामनगरमा वकिलको अफिस छ । सुवासलाई उनको कुनै मतलबै छैन । अरू घरको सदस्यालाई त के मतलब र ? उनी घरकी कान्छी बुहारी हुन् । ‘जेठी र माहिली बुहारी पनि सासुससुरासँग बस्न नसकेर छुट्टेका ‘ उनले भनिन् ‘आफू त कान्छी बुहारी परियो छाडेर हिँड्न पनि भएन ।’

‘माइती घर पनि अस्ति बल्ल बल्ल चार वर्षमा गएको भाइको  विवाह भएकोले तेहि पनि बिहान गए बेलुका त फर्कीहाले’  उनले भनिन् – ‘पहिले डाक्टर पढाउँछु भनेर मागेर ल्याएको अहिले त कतै निस्कनु नै पाइदैन,  जागिर खाने कुरा त परै जाओस् । अहिले पनि बाहिर गएर जागिर खाने त कति रहर छ नि तर  घरबाट दिदैनन् । तर अब त किताब कस्तो हुन्छ? भनेर पनि भुली पनि सके । अब बिहानदेखि नसुतेसम्म कामको’ काम उनले भनिन् ।

विवाह चाहिँ कसरी भयो नि ?

म त नर्सिङ पढ्दैनै थिए । अब वकिल जस्तो मान्छे माग्न आइहाल्नु भयो । काठमाडौँमा घर भएको जागिर पनि राम्रै भएको बुबाआमाले नाइँ भन्न सक्नु भएन । बाबा आमाको कुरा काट्न पनि सकिन । फेरी डाक्टर पनि पढाउने भने पछि त मेरो सानैबाटै डाक्टर पढ्ने रहर पनि पुरा हुन्छ जस्तो लागेको थियो तर अहिले पो थाहा हुदैछ ‘डाक्टर भनेको यस्तो पो हुँदो रहेछ । ‘न त मोबाइल चलाउन नै  दिएका छन् । न त फेसबुक नै चलाउन दिएका छन्  । आफन्तहरूसँग कुरा नगरेको पनि बर्षौ भइसक्यो । कहिलेकाही माइती घरमा फोन गर्दा त रिसाउँछन् । किन गरेको कसलाई गरेको भनेर सोधि खोजी गरेको गरेकै गर्छन् ।’

हुँदा हुँदा उनलाई बेला बेलामा नभएको चोरको आरोप समेत लाग्ने गरेको छ । एक महिना अघि मात्रै उनको नन्दले तल्लो बाकसमा रहेको सुनको सिक्री माथिल्लो  बाकसमा राखेर मामाघर गईछन् । ‘सासू ससुरा र श्रीमानले त मलाई नै चोरको आरोप लगाउनु भयो । मलाई  कहाँ लगेर बेचिखाइस भनेर भन्नुभयो । म रातभरि नसुति रूदै’ बसे उनले भनिन्- ‘भोलि दिउसो नन्द घर आइछिन अनि उनीहरूबिच कुरा भयो क्यारे । सुन, नन्दले माथिल्लो  बाकसमा राखेको थाहा  पाएपछि मलाई केही पनि भन्नु भएन । उनीहरूले कुरा गरेको सुनेर पो मलाई  पनि सिक्री त माथिल्लो बाकसमा नन्दले राख्नु भएको हो भन्ने थाहाँ भयो ।’

उनले भनिन् अहिले सम्म कुनै बच्चा नभएर पनि यती धेरै दुख दिएको  होलान् । यस्तो पिडा त बेला बेलामा आइराख्छ । के गर्नु अब सहेरै बस्नु  पर्ने कहिलेकाहि त छाडेर कतै टाढा जाऔँ जस्तो लागेर पनि आउँछ तर कहाँ जाने जाने ठाउँ पनि छैन ।’ उनले यो दुखेसो कसैलाई पोख्न नसकेर हामीलाई पोखेको बताइन् ।

उनको आग्रह अनुसार उनको नाम , फोटो नाराखिनुको साथै  र घर परिवारको नाम परिवर्तन गरिएको छ । 

LIVE TV