२७ बैशाख २०७५, बिहीबार

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको तयारी पूरा भएको छ । भारतीय सेनाको हेलिकप्टरमा जनकपुर ओर्लने मोदीको स्वागत रक्षा मन्त्री इश्वर पोखरेलले गर्नुहुनेछ ।

भोलि विहान १० बजे जनकपुर ओर्लिएर लगतै मोदी जानकी मन्दिर पुग्ने कार्यक्रम रहेको छ । करिब पौने घण्टा पूजा गरेपछि त्यही प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ । जानकी मन्दिरमा पूजाअर्चनापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा रामायण सर्किटको उद्घाटन हुनेछ । त्यससँगै दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर जनकपुर–अयोध्या बस सेवा आरम्भ गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट मोदी रंगभूमि मैदान पुग्ने र उहाँलाई उपमहानगरपालिकाका मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गर्नुहुनेछ ।

अभिनन्दनपछि मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन यहाँ ६ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

LIVE TV