२७ बैशाख २०७५, बिहीबार

काठमाडाैँ : चलचित्र ‘ए मेरो हजुर २’को सिक्वेलको रूपमा ‘ए मेरो हजुर ३’ बन्ने भएको छ । गत वर्षको सफल चलचित्र मध्ये ‘ए मेरो हजुर २’ एक हाे ।

‘ए मेरो हजुर २’ मा नव नायक सलिनमान बनियाँ र साम्राज्ञी शाहको मुख्य भूमिका रहेको थियो । तर चलचित्रको तेस्रो पार्टमा भने यी दुवै कलाकार नहुने निर्देशक झरना थापाकाे भनाइ छ ।

निर्देशक थापा भन्छिन्- ‘नयाँ अनुहारको खोजी गर्दै छौ । नायकमा केही नाम चलेका कलाकारसँग कुरा भइरहेको छ भने नायिका नयाँको खोजी गर्दै छौ । ’

यो चलचित्रमा नायक प्रदीप खड्का हुने बाहिरिएको खबरबारेमा बोल्दै उनले भनिन् ‘हामीले प्रदीपसँग कुरा गरिरहेका छौ । चलचित्रको कथा पनि प्रदीपसँग मिल्छ । अब उहाँको समय मिल्यो भने हामीसँगै काम गछौँ । टिममा नायक आशिरमान देशराजको पनि नाम आइरहेको छ । चाँडै चलचित्रमा को हुनेछ सार्वजनिक गछौँ ।’

नायिकाको प्रश्नमा निर्माता सुनिलकुमार थापा भन्छन् ‘नायिकाको खोजी कार्य सुरु हुदैँछ । पुराना कलाकार भन्दा नयाँ अनुहारको खोजीमा छौँ । राम्रो नायिका भित्राउने प्रयास जारी छ । ’

 

LIVE TV