२७ बैशाख २०७५, बिहीबार

काठमाडौं ।  सबै चीजहरूको अवश्य एकदिन मृत्यु हुन्छ । पृथ्वीमा रहेका सबै जीवहरुको मृत्यु निश्चित छ। तर कति लामो छ भन्ने मात्रै हो ।
ताराहरु पनि मरेर जाने गरेको वैज्ञानिकहरुको  भनाइ छ। ताराहरु जस्तै सुर्य पनि एक दिन समाप्त भएर जाने वैज्ञानिकहरु बताउछन् ।

वैज्ञानिकहरुका अनुसार करीब पाँच अर्ब वर्षपछि सूर्यको मृत्‍यु हुनेछ। त्‍यतिबेला उसलाई पनि थाहा हुने छैन कि उक्त घटना कसरी हुन्छ र त्‍यसपछि के हुन्छ भनेर ? बीबीसी हिन्दीका अनुसार  एक दिन सूर्य नष्ट नै हुनेछ। उक्त खगोल विद्‌का अनुसार जब सूर्यको मृत्‍यु नजिक आउँछ तब तारामा रहेको ग्‍यास र धुँलो विस्तारै विस्तारै हराउन थाल्नेछ। यो प्रक्रियालाई ‘प्लेनिटरी नेबुला’ भनिन्छ। प्लेनिटरी नेबुलाको यो प्रक्रिया जीवित तारामा ९० प्रतिशतसम्‍म परिवर्तन गरिदिनेछन् र रातो रंगको विशाल स्वरुप सूर्यको आकार विस्तारै सेतो रङ्गमा परिणत हुँदै जानेछ।

‘नेचर एस्ट्रोनोमी’ नामको स्टडीको एक जना लेखक एल्बर्ट ज़िज्लस्ट्राल भनेका छन्, ‘जब एउटा ताराको मृत्‍यु हुन्छ, त्‍यसबाट धेरै नै मात्रामा ग्‍याँस र धुँलो निस्किन्छ, जसलाई एनवल्प भनिन्छ। यो धुलो तथा ग्‍याँस सूर्यको कुल हिस्साको आधा हिस्सामा पुग्छ र ताराको न्‍यूक्लियसमा समेत यले असर पार्नेछ। जब न्‍यूक्लियस यसको सम्पर्कमा आउँछ तब यो विस्तारै विस्तारै कमजोर हुँदै मृत्‍युवरण गर्नेछ।’

वैज्ञानिक मर्ने समयमा सूर्यको प्रकाशको के हुन्छ ?

वैज्ञानिकले भनेका छन्, ‘जब तारामा गर्मी र भित्रि भागबाट निक्लिएको ग्‍याँस तथा धुलो १० हजार सालसम्‍म चम्किनेछन्। यो खगोल विज्ञानमा एउटा छोटो अवधि हुनेछ।’

‘ यस्तो भएपछि प्लानिटरी नेबुलालाई देख्‍न सकिन्छ। धेरै नेबुला यही सयमा चम्किने गर्छ जसलाई लाखौ प्रकाश वर्ष दूरीबाट पनि हेर्न सकिन्छ।’ म्‍यानचेस्टर यूनिभर्सिटीका एल्बर्ट जिज्लस्ट्रा भन्छन्, ‘ हामीलेन करोडौ वर्षसम्मको तारालाई पत्ता लगाउन त सक्दैनौ। तर जब सूर्यको मृत्‍यु हुने समयमा भने कसरी पत्ता लगाउने रु’

अध्‍ययन पूरा हुनु पहिले वैज्ञानिकलाई पनि थाहा थिएन की सूर्यको पनि मृत्‍यु हुनेछ भनेर। सूर्यको समयावधिबारे बुझ्‍नको लागि धेरै खगोलविदका टीमले एउटा नयाँ डाटा मोडेल विसित गरेका छन्। यो डेटा मोडल फरक फरक तौल र आयू भएको तारासँग निकाल्‍ने चमकलाई भविष्‍यवाणी गर्नेछ।

अब भने वैज्ञानिकहरुले यो कुरा पत्ता लगाएका छन् की ताराको मृत्‍युसँगै जब त्‍यसबाट ग्‍यास र धुँलो उकसाथ निक्लिन्छ त्‍यो तारा तीन गुणाभन्दा धेरै तातो हुनेछ। यस्तै प्रकारले सूर्यकै आकारमा रहेका ताराले पनि चम्किलो प्लेनेटरी नेबुला बनाउन सक्छ। वैज्ञानिहरु भन्छन्, ‘ सूर्य पनि कम तौल भएको एउटा ताराको रुप हो।’ यस्तो कम तौल भएको सूर्यले फेरी पनि प्लेनेटरी नेबुला बनाउन सक्छ।

अन्तिममा वैज्ञानिक एल्बर्ट भन्छन्, ‘ यो खोजको प्रक्रिया धेरै लामो छ। यसकारण हामीले धेरै ढाटामा रहेको सौर्यमण्डलमा समाहित रहेको लाखौ वर्ष पुरानो केही तारालाई पत्ता लगाउने तरिका थाहा पाएका छौ।

LIVE TV