२७ बैशाख २०७५, बिहीबार

एघार विधेयक पारित गर्दै एक नम्बर प्रदेशसभा पहिलो अधिवेशन अन्त्य भएको छ । सभाले प्रदेशको नाम र स्थायी राजधानी भने तय गर्न सकेन ।

प्रदेशसभाको पहिलो बैठक गत माघ २२ गते सुरु भएको थियो । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार र प्रदेशसभाले राम्रो गतिका साथ कार्य गरिरहेको बताउनुभयो । प्रदेशसभाको पहिलो अधिवेशनले प्रदेशसभा नियमावली २०७४, प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४, विनियोजन विधेयक, प्रदेश सार्वजनिक लिखत प्रमाणीकरण, गाउँसभा र नगरसभा सञ्चालन विधेयक २०७५ पारित गरेको थियो ।

यसैगरी, आकस्मिक कोष सञ्चालन विधेयक २०७५, जिल्लासभाको सञ्चालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक २०७५, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पनि यो अधिवेशनबाट पारित भयो ।

LIVE TV