२६ बैशाख २०७५, बुधबार

रिया भण्डारी
काठमाडौं। सरकारले छाता ऐन निर्माण गरी स्वास्थ्यअन्तर्गतका सबै प्रतिष्ठान एकीकृत गर्ने तयारी थालेको छ ।

स्वास्थ्य प्रतिष्ठानलाई एकै ठाउँमा गाभेर एक जना मात्र उपकुलपति रहने व्यवस्था गर्न लागिएको स्वास्थ्य राज्यमन्त्री पद्ममा अर्यालले जानकारी दिनुभएको हो ।

विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका आ–आफ्नै उपकुलपति र पदाधिकारी रहने व्यवस्थाले प्रभावकारी काम हुन नसकेको निश्कर्षका आधारमा सरकारले एउटै प्रतिष्ठान बनाउन खोजेको हो । त्यसबारे स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी भइरहेको जनाएको छ ।

LIVE TV