२६ बैशाख २०७५, बुधबार

काठमाडौँ । स्वास्थ्य रहन सबैजना हरेक प्रयास गरिरहेका हुन्छन् । खास गरि शहर बासीहरुले  स्वास्थ्यको चिन्ता गरिरहेको हुन्छ । व्यस्त जीवन अनि त्यसमाथि प्रदुषित वातवरण ,खानपान आदि जस्ता कुराहरुले शहरियाहरुको स्वास्थ्य ध्वस्तनै बनाएको भन्दा पनि केहि फरक नपर्ला ।

विभिन्न दृश्य तथा अदृश्य किराहरू र किटाणुहरूको आक्रमणबाट हाम्रो स्वास्थ्यलाई असर पु¥याउछ । मोटोपन , मुटु रोग ,बाथ ज्वरो, ठेउला, हैजा, बिफर, आँउ, औलो, केंसर, हात्तीपाइले, कालाज्वर, डैंगो, उच्च रक्तचाप, मानसिक आदी जस्ता रोगहरुले मानव जीवनलाई सताइरहेका हुन्छन् ।

स्वास्थ्य रहन या रोगबाट टाढाँ रहन मानिसहरु हरेक उपायहरु अपनाउन थाल्छन् । बिहानै  मर्निङ वाक जाने , योगा सेन्टर धाउने , ध्यान गर्ने जस्ता हरेक कुराहरु गर्न थालीरहेका हुन्छन् । बौद्ध स्तुपा , पशुपति , स्वयम्भु लगायतका ठाउँहरुमा बिहानै स्वास्थ्य व्यायहरु ग्रिरहेको मानिसहरुको भिड देखिन्छ । बौद्ध स्तुपा स्तुपामा कोरो गरिरहेकी  सुस्मा लामा भन्छिन् , “कोरो गर्दा धर्म हुने कुरा त छदै छ अर्काे भनेको कोरा गर्दा स्वास्थ रहन पनि सहयोग गर्छ , मन तानवबाट छुटकारा पाउँछ ।”

स्वास्थ्य रहन डक्टरहरु पानी धेरै पिउने,फलफूल खाने , टुसा उमारेको खानेकुरा खाने,खुसी हरने जस्ता सुझाप र सल्लाहहरु दिन्छन् । पानी प्राकृतिक औषधी हो जसले धेरै प्रकारको रोगहरु लाग्न नदिने र लागेको राग पनि हटाउन सहयोग गर्छ । पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा जमेको विषाक्त पदार्थलाई बाहिर निकालेर रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । सादा पानी वा उमालेको पानी खाँदा स्वाथ्यको लागि लाभदायी हुने स्रोतले जनाएको छ ।

रसिलो फलफूलमा भिटामिन सीका साथै भरपूर मात्रामा खनिज तत्व पाइन्छ । यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन समेत महत्वपूर्ण भूमिका खेल्दछ । टुसा उमारिएको मुँगी, दाल, चना, केराउ आदि गेडागुडीमा भरपूर मात्रामा पोषण तत्व पाइन्छ । यसलाई पचाउन समेत सजिलो हुने तथा शरीरका लागि पोषण प्रदान गर्ने हुँदा यस्ता खानेकुरालाई धेरै भन्दा धेरै खानु उपयुक्त हुन्छ ।

हाँस्नु पनि एक स्वास्थ्य रहने एक उपाय हो । जसले शरीरमा अक्सिजनको पूर्ति राम्ररी हुन्छ । साथै यसले रिस कम गर्नुका साथै तनावलाई कम गर्दछ । हाँस्दा स्वास्थ्यलाई फाइदा हुने कुरा विभिन्न अध्ययनहरुले पत्ता लगाइसकेका पनि छन् ।

LIVE TV