२५ बैशाख २०७५, मंगलवार

काठमाडौं । नेपाल नेपाल इन्जिनियरिङ कलेजका संस्थापक मध्ये एक लगानी कर्ता हुन् दीपक भट्टराई तर पछिल्लो समय उनी भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको भविष्यलाई नै धरापमा पार्न उद्दत देखिएका छन् । उनी र उनको समूहकै कारण कलेजमा झण्डै एक बर्षदेखि विवाद र तनाव उत्पन्न भएको छ ।

दीपक भट्टटराई तिनै व्यक्ति हुन् जो यसअघि कलेजको प्रिन्सिपल भइसकेका छन् । २०५१ सालमा स्थापना भएर २०५६ सालदेखि २०६८ भदौ ११ गतेसम्म प्रत्यक्ष वा परोक्ष रुपले उनी प्रिन्सिपल भएर काम गरेका थिए उनी प्रिन्सिपल हुँदा कलेजको अध्यक्ष हरिप्रसाद पाण्डे थिए र अहिले उनीहरु दुवै एकै समूह छन् र कलेजकै अस्तित्व समाप्त पार्न उनीहरुको हर्कत निरन्तर अगाडि बढिरहेको छ ।

कलेज सन्चालन भएदेखि नै लामो समय घाटामा चल्यो । पटक पटक लगानी गर्दा पनि कलेज नाफामा गएन । विद्यार्थीसँग उठाउनु पर्ने शुल्क नउठाउँने, जथाभावी रकम खर्च गर्ने जस्ता कामले गर्दा कलेज बन्द हुने अवस्थामा पुगेपछि भट्टराई स्वयम्ले २०६८ साल भदौ ११ गते पदबाट राजीनमा दिए भने आफू सन्चालक समिति सदस्य भएको बोर्डमा उनले आफ्ना छोरा सलिल भट्टराई जिम्मा लगाएर केही समय निस्क्रिय बसे । भट्टराईको राजीनामापछि कलेजका सन्चालकहरुको बैठकले २०७० पौषमा लम्बोदर न्यौपानलेलाई कलेजको अध्यक्ष बनायो । त्यतिबेलासम्म १४ करोड घाटामा रहेको कलेजलाई न्यौपानेले नाफामा लैजान सफल भए ।

सरकारले निजी स्कूल तथा कलेजहरुलाई करको दायरामा ल्याउनका लागि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराउनु् पर्ने प्रावधान आएसँगै कलेजलाई कम्पनी रजिष्टार कार्यालयमा लैजान खोज्दा छोरा सलिल भट्टराईलाई सन्चालक बनाएर निस्क्रिय बसेका दीपक भट्टराई गैरकानुनी रुपले सक्रिय भएका हुन् ।

छोरा सलिल भट्टराई सन्चालक भएपनि पद र पहुँचको आधारमा गैरकानुनी रुपले दीपक आफैं हावी भएर कलेजलाई सिध्याउन लागि परेको देखिन्छ । विगतदेखि नै विवादास्पद निर्णय गरेर कलेजलाई घाटामा पु¥याउँन सक्रिय दीपक भट्टराई र हरिप्रसाद पाण्डेको कारण पछिल्लो समय पनि विवाद बढेको हो । दीपक भट्टराईले राजीनामा दिएपछि २०६८ भदौंदेखि २०७० साल सम्म पाण्डे सन्चालक समितिको अध्यक्ष भएका थिए । उनले पनि दीपक भट्टराईले जस्तो गरि कलेजलाई चलाउन मात्र खोजेनन् कि कलेजको शेयर खरिद गर्न मातृ सेवा प्रतिष्ठानको तर्फबाट सन्चालक समितिमा पत्रलेखे भने अहिले नै उनी कलेजलाई समाजिक संस्था हो भन्दै गैर जिम्मेवार बन्दै आएका छन् । हेर्नुहोस् २०६९ चैत २६ गते कलेज सन्चालक समितिलाई लेखेको पत्र ।

अहिले पनि दीपक भट्टराई र उनको समूहले कलेजलाई अवैधानिक रुपले कब्जामा लिएर विद्यार्थीसँग मासिक रकम असुल्ने तर त्यसको जथाभावी हिसावले खर्च गर्दै आइरहेका छन् । अहिले कलेजको खाता बन्द छ तर यसअघि भट्टराई समूहले एनआइसी एशिया बैंकमा कलेजको ३ करोड रुपैयाँ लगेर व्यक्तिगत खाता खोलिएको थियो । यद्यपी अन्य सन्चालकहरुको आग्रहमा अहिले राष्ट्र बैंकले सो खाता र खातामा भएको रकम समेत रोक्का राखेको छ तर अझै पनि भट्टराई बैंक खाता खोल्ने तीव्र प्रयासमा रहेको स्रोतको भनाई छ ।

२०७४ साल मंसिर २६ गतेको सन्चालक समितिको बैठकले आमन्त्रित सदस्यबाट समेत चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रलाई निस्काशन गरिसकेको अवस्थामा गैर कानुनी रुपले उनलाई फेरि सन्चालक समिति समेत बनाइएर कलेजलाई सिध्याउँने कोशिस भएको भन्दै सन्चालकहरु रुष्ट देखिएका छन् । गैर कानुनी रुपले लेखा नियन्त्रक रामकुमार श्रेष्ठलाई काममा पुनः लगाई कलेजलाई सिध्याउने अर्को कोसिस भइरहेको छ ।

२०७४ साल कार्तिक १२ गतेबाट लेखा नियन्त्रक श्रेष्ठको पदावधि सकिएपनि गैरकानुनी रुपले उनलाई नै नियुक्त गरि ४० लाख भ्रष्टाचार गरेको रकम मिनाहा गर्ने शर्तमा पुन काममा लगाई कलेजको अस्थित्व नै समाप्त पार्न भट्टराई समूह तल्लीन देखिएको छ ।

कलेजलाई विधि र विधान सम्वत लैजान खोज्ने कार्यवाहक अध्यक्ष तथा सांसद सूर्यवहादुर केसीको नाममा भने भट्टराई समूहले सार्वजनिक सूचना नै प्रकाशित गरि चरित्र हत्या गर्ने कोसिस गरिरहेका छन् । भट्टराई समूहले गरिरहेको प्रचारवाजीलाई संकेत गर्दै कार्यवाहक अध्यक्ष केसीले भने–“कलेजको आधिकारी वेवसाइट अनाधिकृत रुपले ह्याक गरि मनलाग्दी गरिएको छ ।

फेसबुक पेजमा आधिकृत र अनावश्यक कुरा राखिएको छ । वारम्वार यस्ता गैरजिम्मेवारपूर्ण कामले कलेजले कमाएको प्रतिष्ठा र विद्यार्थीको भविष्य समेत अन्योलमा परेको कारण सचेत हुन सबैलाई अपिल गर्दछु ।” दीपक भट्टराई र सोमप्रसाद मिश्रको उपस्थितीमा कलेजको पुस्तकालयमा बैठक गरेर गुण्डागर्दी शैलीमा लम्बोदर न्यौपाने, माननीय सूर्यबहादुर केसी, डा. रामरत्न उपाध्याय, डा. उपेन्द्र गौतम र इन्जिनियर लवराज भट्टराईको घरमा गई उहाँहरुप्रति गरिएको अमर्यादित व्यहारको समेत भत्र्सना गरिएको छ ।

भट्टराई र उनी नेतृत्वको समूहले गैरकानुनी रुपमा लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक तोकेकामा समेत केसीले भत्र्सना गरेका छन् । आफूले गरेको आर्थिक अनियमितता लुकाउँन भट्टराई र उनको समूहले गरेको हर्कतको भत्र्सना गर्दै केसीले पुन लेखा परिक्षण गराएर अनियमितता सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

गैर कानुनी रुपमा कलेजका प्रिन्सिपल शोभाकन्त देवलाई अपनमान पूर्वक निकालेर दीपक धामीलाई कार्यवाहक प्रिन्सिपल बनाइएको छ भने अन्य विभिन्न डिपाटमेन्टहरुमा समेत परिवर्तन गरि कलेजमा पठन पाठनको वातावरणलाई समेत खलबल्याएर कलेजलाई समाप्त पार्ने कोसिस अझै जारी छ ।

 

 

LIVE TV