२५ बैशाख २०७५, मंगलवार

मोरङ । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्या आरोपमा पक्राउ परेका सबैको बयान लिएको छ ।

आज निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी, डिएसपीद्वय संजयबहादुर राउत र प्रजित केसीको बयान लिइएको र बिहीबार मात्रै थुनछेक बहस सुरु हुने मोरङ जिल्ला अदालतले जनाएको हो । पक्राउ परेका ३० जनालाई इजलासमा उपस्थित गराएर थुनछेक बहस गरिने छ ।

सुन तस्कारी र शाक्यको हत्या अभियोगमा मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाइएको छ । यो प्रकरणमा एक पूर्व डिआईजी र ८ प्रहरी पनि आरोपित छन् । अभियुक्तसँग करिब १७ अर्ब २ करोड बिगो दावी गरिएको छ ।

LIVE TV