२५ बैशाख २०७५, मंगलवार

काठमाडौँ । स्थानीय प्रशासनले श्रीनिवासाचार्यलाई थुनामा राखी घटनाको अनुसन्धान गर्न अनुमति दिएको छ ।श्री निवासाचार्यलाई १० दिन थुनामा राखी हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय मोरङले प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रशासन कार्यालयले हेर्ने यो मुद्दामा आरोप प्रमाणित भएमा १ बर्ष कैद, १ लाख रुपैयाँ जरिवाना या दुबै सजाय हुने कानुनी प्रावधान छ ।

योजनाबद्ध ढंगले आफंैलाई गोली हान्न लगाएको आरोपमा प्रहरीले श्रीनिवासचार्यलाई हिजो काठमाडौंबाट नियन्त्रणमा लिइ मोरङ पु¥याएको थियो । चैत २५ गते उनलाई मोरङको जतुवामा गोली प्रहार गरिएको थियो । पक्राउ परेका श्री निवासाचार्यका अगंरक्षक माधव चौधरीले उनले भनेकै आधारमा आफूले गोली प्रहार गरेको खुलासा गरेपछि प्रहरीले श्री निवासाचार्यलाई नियन्त्रणमा लिएको थियो ।

LIVE TV