२५ बैशाख २०७५, मंगलवार

भारतीय प्रधानमन्त्रीको मोदीको सुरक्षामा समेत भारतकै भर, ‘कमाण्डो’सहित ‘बुलेटप्रुफ’ गाडी काठमाडौंमा, चार वटा हेलिकोप्टरले ‘स्कर्टिङ’ गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको सुरक्षाका लागि भारतबाटै ‘कमाण्डो’ टोली नेपाल आएको छ ।

जनकपुर, मुक्तिनाथ र काठमाडौंमा रहँदा भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि भारतबाटै ४१ सदस्यीय ‘कमाण्डो’ टोली आज काठमाडौं उत्रिएको हो । काठमाडौं रहँदा मोदीको प्रयोगका लागि दुई वटा ‘बुलेटप्रुफ’ गाडी पनि ल्याइएको छ ।

यस्तै, मोदीलाई भारतीय वायुसेनाका चार वटा हेलिकोप्टरले विशेष ‘स्कर्टिङ’ गर्ने छ । जनकपुरलगत्तै मुक्तिनाथ यात्राका लागि दुई वटा छुट्टै हेलिकोप्टर तयारी अवस्थामा राखिने छ । मोदीको सुरक्षाका लागि खटिने स्पेशल प्रोटेक्सन ग्रुप (एसपीजी)का सदस्यले नेपाली सेनासँगको सहकार्यमा मोदीलाई पहिलो घेरामा सुरक्षा दिनेछन् ।

मोदीको सुरक्षाका लागि करिब एक किलोमिटर आसपासमा कुनै पनि फ्रिक्वेन्सी नेटवर्कले काम नगर्ने जामर र चाहेको क्षेत्रको दृश्य सम्प्रेशण गरी कमाण्ड सेन्टरमा पठाउन सक्ने ‘¥यापिट कम्यूनिकेसन स्टिम’ लगायत प्रविधि प्रयोग गरिने छ । बैशाख २८ गते नेपाल आउनु हुने भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन गरिने छ ।

LIVE TV