२५ बैशाख २०७५, मंगलवार

मुस्ताङ : जिल्ला प्रशासन कार्याफय मुस्ताङले उत्तरी सीमा क्षेत्रकाे अावतजावतमा कडाइ गरेकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अासन्न नेपाल भ्रमणलार्इ लक्षित गरी जिल्लाका सबैजासाे नाकामा आवजजावत गर्न प्रतिबन्ध लगाइएको हाे ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मनाङ जिल्लाबाट थोराङला पास नाका हुँदै मुस्ताङ–मनाङतर्फ अावतजावत गर्ने पदयात्रीलाई रोक लगाएकाे जनाएकाे छ । याे प्रतिबन्ध वैशाख २८ र २९ गतेका लागि पदयात्रीलाई लागू हुने सूचनामा जनाइएकाे छ । माेदीका लागि सुरक्षा संवेदनशीलताकाे ख्याल गरी उक्त निर्णय गरिएकाे सूचनामा जनाइएकाे छ ।

मन्दिरमा पनि निषेध

वैशाख २८ गते मुक्तिनाथ मन्दिरकाे दर्शनमा अाउन लागेकाे भारतीय प्रम माेदीकै लागि सर्वसाधारणलार्इ मन्दिर प्रवेशमा समेत राेक लगाइएको छ । बेनी जोमसोम र हेलिकोप्टरको माध्यम हुँदरै आउने यात्रुहरूलाई मन्दिर प्रवेश २ दिनका लागि निषेध गरिएकाे हाे ।

वैशाख २८ र २९ गते मुक्तिनाथ मन्दिरमा अन्य यात्रु एवं दर्शनार्थीलार्इ प्रवेशमा राेक लगाइकाे प्रशासनले जनाएकाे छ ।

LIVE TV