२५ बैशाख २०७५, मंगलवार

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहने भन्नेबारे अाफ्नाे अाधिकारिक निर्णय अाज मंगलबार साँझतिर घोषणा गर्ने बताएका छन्।

इरानकाे पारमारबिक सहमतिका अन्य हस्ताक्षरकर्ता बेलायत, फ्रान्स र जर्मनीले अमेरिकी राष्ट्रपति ट्रम्पलाइ उक्त सहमतिबाट पछि नहट्न अाग्रह गरिरहेका बेला ट्रम्पकाे यस्ताे घाेषणा अाएकाे हाे । फ्रान्सका विदेशमन्त्रीले ट्रम्पबाट जस्तो निर्णय आए पनि आफूहरू उक्त सम्झौताको पक्षमा उभिरहने बताएका छन्।

लामो समयदेखिका प्रतिबन्ध खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको उक्त अन्तर्राष्ट्रिय सहमतिको ट्रम्प कटु आलोचक रहँदै आएका छन्।

 


हाल वासिङ्टनको भ्रमणमा रहेका ब्रिटेनका विदेशमन्त्री बोरिस जनसनले अमेरिकी टेलिभिजनहरूलाई अन्तरवार्ता दिँदै सम्झौतालाई खारेज नगर्न आग्रह गरेका छन्।

ट्रम्पलाई सहमत गराउने प्रयास गरिरहेका युरोपेली देशहरूले यसै हप्ताको अन्त्यमा इरानसँगको पारमाणविक सम्झौताबारे अमेरिकी निर्णय आउने अपेक्षा गरिरहेका थिए । (बिबिसी)

LIVE TV