२५ बैशाख २०७५, मंगलवार

काठमाडाैं । छिमेकी र अाफन्तबाटै महिला र बालबालिका असुरक्षित रहेकाे तथ्य पछिल्लाे समय बढ्दै गएका करणीका घटनाबाट पुष्टि हुन अाएकाे छ । राैतहट जिल्लामा मात्रै करिब १० महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा १५ वटा करणी घटनाका मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ । तीमध्ये ११ वटा घटनामा बालिका पीडित छन् । महिला तथा बालिकामाथि दिनानुदिन करणीलगायतका आपराधिक घटना बढिरहेका जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकले देखाउँछ ।

गत साउनदेखि यता मात्रै  राैतहटमा १५ वटा करणीका मुद्दा दर्ता भएको प्रहरीले राैतहट प्रहरीले जानकारी दिएको छ । जसमध्ये ११ बालिका करणीबाट पीडित छन् । पछिल्लोपटक गत शनिबार चन्द्रपुर नगरपालिका–२ शहीद पार्कमै एक बालिका करणीमा परेकी छन् ।

जिप्रका राैतहटका अनुसार जिल्लामा १३ वटा करणीका घटना दर्ता भएका थिए भने आव २०७२/७३ मा १७ वटा सो प्रकृतिका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा शाखाले जनाएको खबर अाजकाे राजधानी दैनिकमा रमेश तिमलसिनाले लेखेका छन् ।

यसरी बाहिर अाएका याैन हिंसाका घटना पनि अधिकांशतः अापसी सहमतिमा मिलापत्र गरेरै टुंगिने गरेकाे जनाइएकाे छ ।

LIVE TV