२५ बैशाख २०७५, मंगलवार

दाङ : लमही बजारछेउमा चारचले ठुलो घरमा डेढ महिनाअघि ठुलो बोर्ड झुन्डयाएर घोषणा गरियो । प्रभुको राज्य ।

बोर्डमा लेखिएको थियो, यहोवा परमेश्वर को राज्य । बाबईल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो ।

लमहीस्थित एक चर्च माथि लमही मजगाउँमा चर्चको नाममा चोकको नामकरण गरेर मुल सडकमा राखिएको साइनबोर्ड र प्रभु राज्यको चपेटामा परेकी गंगा खड्का । तस्विर :नागरिकबाट

यहोवा राज्य घोषणा भएपछि त्यो बस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाबईलमा उल्लेख छ । छिमेकीहरुले प्रभुको राज्य घोषणाको चर्को विरोध गरे ।विरोधपछि बोर्ड हटाईएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रभु राज्यका शासकहरु कहाँ बस्स्दारहेछन् त ? यो घरदेखि झन्डै पाँच सय मिटर पुर्वमा रहेको अत्याधुनिक घर शासकहरुको निवास रहेछ ।

रातो रङको तीनतले घरमा पुग्दा एक विदेशी युवक प्रभु राज्यका शासकमध्येका एकजना गेटबाहिर निस्किए । आफुलाइ जापानी नागरिक भनेर परिचय दिएका उनीनेपाली भाष अस्पष्ट बोल्दा रहेछन् ।

पत्रकारको परिचय थाह पाउनसाथ एकाएक उनको गोरो बर्णको अनुहार परिवर्तन भयो ।

LIVE TV