२४ बैशाख २०७५, सोमबार

काठमाडौं । अभिनेत्री रेखा थापाको फिल्म ‘मालिका’को छायांकन सुरु भएको छ । रेखा फिल्मसको यो पाँचौ प्रस्तुती हो भने ‘मालिका’लाई रेखा आफैले निर्देशन गर्दै छन् ।

रेखा थापाले सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै बालुवाटारबाट फिल्मको छायाँकन सुरु गरेकी हुन् । ‘मालिका’मा रेखा थापा, नरबहादुर कार्की र जाजरकोटकी १४ वर्षीय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ ।

‘मालिका’लाई लक्ष्मी पूजा कात्तिक २१ देखि दर्शकमाझ रिलिजमा ल्याउने लक्ष्य निर्माण टिमले राखेको छ । करिब दश दिनको काठमाडौंको सुटिङपछि ‘मालिका’लाई राजधानी बाहिर कोहलपुर र जाजरकोटमा छायाँकन गरिने बताईएको छ ।

LIVE TV