२४ बैशाख २०७५, सोमबार

काठमाडौं । अभिनेता अनुप बिक्रम शाही अभिनित फिल्म ‘झमकबहादुर’को ट्रेलर रिलिज भएको छ । फिल्मका निर्माण पक्षले काठमाडौंमा सोमबार कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरेका हुन् ।

फिल्मको रिलिज्ड ट्रेलरमा अभिनेता अनुपबिक्रम शाहिलाई फरक गेटअपमा देखाइएको छ । सुस्तमनस्थितीको पात्रको भुमिका निभाएका अनुप लामो कपालमा देखाईएको छ ।

कल्याण अधिकारीको कथामा बनेको यो फिल्ममा अनुपसँगै यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कोनिका घिमिरे लगाएत कलाकारहरु मुख्य भुमिका रहेको छ ।

दियालो इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई भोमन कटुवालले निर्देशन गरेका हुन् । यो फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । यो फिल्ममा रञ्जित गजमेरको संगीत रहेको छ ।

‘झमकबहादुर’को रिलिज मिति आगामी श्रावण १८ लाई तोकिएको छ । फिल्ममा राजु किरातको एक्शन रहेको छ ।

LIVE TV