२४ बैशाख २०७५, सोमबार

चितवन । हावा–हुरीसहित आईतबार साँझ परेको असिनापानीले पूर्वी चितवनको केरा खेतीमा क्षति पु¥याएको छ ।

असिनापानीले पूर्वी चितवनमा झण्डै दुई हजार विगहा क्षेत्रफलमा लगाइएको केरा खेती पूर्ण रुपमा नष्ट गरेको हो । चितवनमा ९० प्रतिशतभन्दा बढि केरा नष्ट हुँदा करौडांै मूल्य बराबरको क्षति भएको छ । सबैभन्दा बढि क्षति कालिका नगरपालिकामा भएको हो ।

केहीदिन अघि पनि पदमपुरमा अज्ञात समूहले केरा काटेर नष्ट गरेको थियो । चितवनको पूर्वी क्षेत्रमा असिनापानीले अत्याधिक असर पु¥याएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असिनाले तरकारी, फलफूल र खाद्य बालीमा पनि क्षति पु¥याएको छ ।

LIVE TV