२४ बैशाख २०७५, सोमबार

सुन तस्करी र शाक्य हत्या प्रकरणमा तीन निलम्बित प्रहरी अधिकृतको मात्र बयान बाँकी, मंगलबारदेखि थुनछेकको वहस सुरु गरिने

मोरङ । साढे ३३ किलो तस्करी गरिएको सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अब तीन जना निलम्बित प्रहरी अधिकृतको बयान मात्र बाँकी रहेको मोरङ जिल्ला अदालतले जनाएको छ ।

सोमबारसम्ममा २७ जनाको बयान सकिएको छ । बाँकी तीन जना प्रहरी अधिकृतहरु वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी, डिएसपीद्वय संजयबहादुर राउत र प्रजित केसीको बयान लिएपछि मंगलबार देखि नै थुनछेक बहस शुरु हुने मोरङ जिल्ला अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिल कार्यालय मार्फत ६३ जना विरुद्ध अभियोग पत्र दर्ता गराएकोमा ३० जना पक्राउ परेका थिए । ३३ जना अझै फरार छन् ।

प्रहरीले मोरङ उर्लाबारीको गोरे भनिने चुडामणि उप्रेतीलाई मुख्य अभियुक्त सहित ६३ जना विरुद्ध संलग्नता हेरेर सुन चोरी पैठारी निकासी, कर्तव्य ज्यान, अपहरण र शरिर बन्धक तथा संगठित अपराध अन्तर्गत मुद्दा दायर गरेको थियो ।

सो प्रकरणमा बहालवाला र पूर्व प्रहरी गरी ९ जना आरोपित छन् । मोरङ प्रहरीले सुन तस्करी काण्डका अभियुक्तहरुसंग करिब १७ अरब २ करोड बिगो दावी गरेको छ ।

 

LIVE TV