२४ बैशाख २०७५, सोमबार
  • दीपक नेपाल

धनगढीको साथी होटल प्रालिमा भाडामा सञ्चालनमा रहेको किंग्स लञ्ज क्यासिनोबाट विदेशी मुद्रा अपचलन गरेको आरोपमा म्यानेजर सुजन दाहाल र सञ्चालक मलेसियन नागरिक मोहम्मद अजामुद्दिन पक्राउ परेका छन् ।

गएराति क्यासिनोबाट पक्राउ परेका उनीहरु दुबैजनालाई आज काठमाण्डौं लगिएको छ ।क्यासिनोबाट ५ सय र २ हजारका १० लाख ५ हजार रुपैया भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख उपरीक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो । त्यस्तै होटलको २०६ नम्बर रुमबाट पक्राउ परेका मलेसियन नागरिक अजामुद्दिनबाट दुई लाख भारतीय रुपैया र १२ लाख नेपाली रुपैयाँ बरामद भएको एसपी घिमिरेले बताउनु भयो ।

मलेसियन नागरिक अजामुद्दिन २८ फेब्रवरी २०१८ मा बिजिनेश भिसामा नेपाल आएको बताईएको छ । उनी हुण्डीको कारोवारमा संलग्न हुनसक्ने प्रहरीको आशंका छ । दुबैजनामाथि बिदेशी मुद्रा अपचलनको मुद्दा चलाईने उपरीक्षक घिमिरे बताउनु भयो । उनीहरुलाई आन्तरिक राजस्व अनुसन्धान बिभाग काठमाण्डौंमा बुझाईएको छ ।

LIVE TV