२४ बैशाख २०७५, सोमबार

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा कुनै नयाँ सम्झौता नहुने परराष्ट्र मन्त्रालयको प्रष्टोक्ति, भारतीय पक्षले पनि भ्रमणको एजेण्डा नखुलाएको मन्त्रालयको भनाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न लाग्नु भएको दुई दिने नेपाल भ्रमणमा कुनै नयाँ सम्झौता नहुने परराष्ट्र मन्त्रालयले प्रष्ट पारेको छ ।

प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेको एक महिनाको अन्तरालमा हुन लागेको भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको एजेण्डा के हुने भन्ने विषयमा पनि भारतीय पक्षले केही जानकारी नगराएको परराष्ट्र मन्त्रालयको स्पष्ट पारेको छ ।

नेपालको तर्फवाट समेत नयां सम्झौताको वारेमा कुनै तयारी नगरेका कारण पुरानै सम्झौताको कार्यन्वयनमा छलफल हुने परराष्ट्र मन्त्रालयको भनाई छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै काठमाडौँ महानगरपालिकाले काठमाडौँमा र जनकपुर उपमहानगरपालिकाले जनकपुरमा मोदीको नागरिक अभिनन्दन समेत गर्ने भएका छन् ।

LIVE TV