२४ बैशाख २०७५, सोमबार
  • विनय तिम्सीना,

इलाम । नेपाललाई २३ बर्ष पछि जितको खोलो फर्काउने कप्तान बिराज महर्जन त्यति धेरै चर्चामा अएनन् । नेपालले २३ बर्ष पछि अन्तराष्ट्रिय उपाधि जितेको थियो बंगबन्धु कप जुन बेला नेपाली फुटबल टोलीको कप्तान थिए बिराज महर्जन । काठमाडौंको त्रिपुरेश्वरका बाबुकाजी महर्जन र आमा रामदेवी महर्जनको कोखबाट जन्मिएका बिराज नेपाली फुटबलका चर्चत खेलाडी हुन् ।

उनको अहिलेसम्म लगन भने जुरेको छैन । सानै देखि फुटबलमा रुचि राख्ने बिराज आफ्ना बुबाका प्रेरणाले फुटबलर बनेका हुन् । आफ्नो घरको छेउमै त्यो बेलाका चर्चित क्लबहरु एनआर्टी र ब्वाईज युनियन भएको र आफ्ना दाजु बिक्रम महर्जन फुटबल खेलने र एन्फाको पहिलो व्याजको क्याप्टेन समेत रहेकोले उनलाई फुटबलमा अउन गाह्रो भएन । बाबाले बाईकमा हालेर फुटबल खेल भएको ठाउँमा लाने गरेकाले उनलाई सानैदेखि फुटबलमा रुची बढेको थियो ।

उनका काका रत्न काजी महर्जन पनि एक समय नेपाली राष्ट्रिय टोली यू–२३ का खेलाडी समेत थिए । एन्फाको यू–१० को छनौटमा गएका बिराजलाई बुवाले जसरी पनि सेलेक्ट हुनु भनेका थिए नभन्दै उनी देशभरी ३० हजार खेलाडीलाई पछि पार्दै ७८ जनामा छनौट हुन पुगे उनि काठमाडौंबाट छनौट भएका थिए उनकै व्याजका नेपालका चर्चित स्टाइकर भरत खवास पनि सेलेक्ट भएका हुन् ।

सेलेक्ट भएपछि बिराज काठमाडौंको ज्ञानोदय आवश्य विद्यालय खोकन ललितपुरमा अध्ययन गर्दै आफ्नो फुटबल केरीयरलाई अघि बढाए ।
बिराजले उमेर समुको खेल यु–१४ देखि खेल्न शुरु गरेका हुन् । २००६ मा सिंगापुरमा भएको यु–१७ को विश्वकपमा विराज नेपालको टाेलीमा भएको बेला नेपाल विश्वकपमा छनौट भई जापान, कोरीया र सिंगापुर सँग खेलेको थियो ।

त्यो बेला नेपाल कोरीया सँग २–० र जापान सँग ४–०ले हारेको थियो भने सिंगापुर सँग गोलरहित बराबरी खेलेको थियो । २००७ मा भएको यु–१९मा पनि नेपालको टोलीमा बिराज थिए । बिराजले नेपालको राष्ट्रिय टोलीमा भने सन् २००८ मा डेव्यु गरेका हुन्। पाकिस्तान विरुद्ध पोखरामा भएको खेलमा प्लेङ्ग लेभेनमा नै पनि मैदानमा उत्रियएका थिए ।

बिराजसँगै सो खेलमा स्टाईकर भरत खवासले पनि नेपालको लागि डेब्यु गरेका थिए । नेपालका एक राम्रा डिफेन्स खेलाडी बिराजले नेपालका लागि १ गोल पनि गरेका छन् । २०१० मा क्रिजिस्थान विरुद्ध उनले ४५ यड टाडाबाट हानेको फ्रि किक गोलमा परिनत भएको थियो ।

नेपालको राष्ट्रिय टोलीबाट ६८ क्याप जितीसकेका खेलाडी बिराजले नेपालको राष्ट्रिय टोलीको २०१५ को साफ गेममा कप्तानी गर्ने अवसर पाएका थिए नेपालका नियामित कप्तान अनिल गुरुङ प्लेङ्ग लेभेनमा नपरेपछि उपकप्तान रहेका बिराजले नेपालको कप्तानी समालेका थिए । त्यस पछि भएको बंगबन्धुमा बिराजलाई नेपाली टीमको कप्तान बनाईयो यो समय नेपाली फुटबल नराम्रो दौडमा गुज्रीएको थियो ।

नेपालले २३ बर्ष देखि कुनै पनि अन्तराष्ट्रिय उपाधि जितेको थिएन । बंगबन्धुमा नेपालले राम्रो प्रर्दशन ग¥यो फस्वरुप बिराजको कप्तानीमा नेपालले २३ बर्ष पछि उपाधी उचाल्यो । त्यो समय नेपाली फुटबलका ह्याट्रीक हिरो भनेर नवयुगको चर्च चल्यो तर नेपालको पहिलो पटक कप्तानी गरेर नेपाललाई उपाधि दिलाउने कप्तान बिराज महर्जनको भने खासै चर्चा हुन पाएन ।

क्लव यात्रा

एन्फामा रहँदा नै उनी सन् २००८ मा संकटा क्लब सँग आवद्ध भएर एक सिजन सहिद स्मारक लिग खेले । उनीले एक सिजन संकटाबाट खेले पछि फेरी एनआटीमा आवद्ध भए एनआर्टीबाट बिराजले ३ सिजन लिग खेले लिगमा धेरै खेल जिल्यो क्लवले तर लिग विजेता भने बन्न सकेनन् ।

बिराज तीन सिजनको लिग एनआरटीबाट खेले पछि उनी नेपालकै चर्चित क्लब थ्रिस्टारमा आवद्ध भए बिराजदे थ्रिस्टारबाट ५ सिजन लिग खेले उनले खेलेको २०६९ को सिजनमा थ्रिस्टार लिग विजेता पनि बनेको थियो त्यही सिजन बिराज वेस्ट डिफेन्डर पनि बनेका थिए । २०७२ बाट भने बिराजले मनाङ मस्यान्द्री क्लवमा आवद्ध भएर खेली रहेका छन् ।

उनी अहिले मनाङका कप्तान पनि हुन् । नेपालमा अहिले धेरै गोल्डकपहरु हुने भएकाले उनी पूर्वी नेपाल देखि पश्चिम सम्म गएर खेल खेल्ने गरेका छन् । सरल र मिजासिलो स्वभाका बिराज जो कोहि सँग पनि घुलमेल हुन समय लाग्दैन ।

उनी भन्छन् अब नेपाल सार्क गेमको तयारी गरी रहेको छ सम्पूर्ण फुटबल प्रेमीहरुले नेपालको सपोट् गर्नुहोस नेपाली गोली बिजेता हुने लक्ष्यका साथ मैदानमा उत्रने छ । नेपाली फुटबललाई मायाँ गर्नुहोस् ।

LIVE TV