२४ बैशाख २०७५, सोमबार

काठमान्डौं । बलिउड अभिनेत्री करिष्मा कपूर नेपाल आइपुगेकी छिन् । एक ब्यापारीक प्रयोजनका लागि उनी भारतबाट सोमबार बिहान ८ः३० मा नेपाल आइपुगेकी हुन् ।


मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा उनलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गरीएको हो । त्यसैको लागि उनी नेपाल आउन लागेकी हुन् । उनले मेरिगोल्ड ज्वेलर्सको दरबारमार्गमा रहेको नयाँ शोरुमको समुद्घाटन गर्ने छिन् ।

बुझिए अनुसार उद्घाटनका लागीमात्र १६ लाख भारु रुपैयाँ लिएकी छिन् । करिष्मा उक्त शोरुमको उद्घाटन पश्चात् आजनै भारत फर्किने कार्यक्रम रहेको छ ।

LIVE TV