२४ बैशाख २०७५, सोमबार

काठमाडाैं । बुटवल पावर कम्पनी (बिपिसी) ले ६०० मेगावाटको अपर म मर्स्यांग्दी–२ आयोजना निर्माणका लागि हिमताल हाइड्रोपावरकाे १९ प्रतिशत शेयर खरिद गरेको छ । बुटवल पावर र एससीआइजी इन्टरनेसनल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी मिलेर भारतीय कम्पनी जीएमआर इनर्जीको स्वामित्वमा रहेको हिमतात हाइड्रोपावर कम्पनीकाे सम्पूर्ण शेयर खरिद गरेकाे बिपिसीले जनाएकाे छ ।

यही वैशाख २१ गते हिमतालको सबै सेयर खरिद गर्ने सम्झौता भएको कम्पनीले जानकारी दिएको छ । बुटवल पावरले ३ वटा चिनियाँ कम्पनी सिचुवान इन्भेष्टमेन्ट ग्रुप, छेङ्दु सिङ्चेन्ड इन्भेष्टमेन्ट ग्रुप र क्विङवान इन्जिनियरिङ कन्सल्टेन्सीसँग साझेदारी गरी एससीआइजी इन्टरनेसनल कम्पनी स्थापना गरेको हो ।

अब ६ सय मेगावाटकाे उक्त आयोजनामा बुटवल पावरको १९.४% सेयर स्वामित्व रहने र भने बाँकी स्वामित्व ३ चिनियाँ कम्पनीको हुने कम्पनीले जनाएकाे छ ।

यसैगरी, बुटवल पावरले मस्र्याङ्दी नदीमै अर्को २८२ मेगावाटको मर्स्याङ्दी जलविद्युत आयोजना पनि निर्माण गर्ने भएको छ । यसका लागि मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी र यसको विदेशी सेयरधनी राजरत्न इनर्जी होल्डिङ्ससँग सेयर खरिद बिक्री सम्झौता भइसकेको बुटवल पावरले जनाएको छ । राजरत्नसँग चैत १२ गते सम्झौता भएको हो ।

LIVE TV