२४ बैशाख २०७५, सोमबार

पोखरा । चार नम्बर प्रदेश सभाले बजेट विनियोजन विधेयक बहुमतले पारित गरेको छ । प्रतिपक्षका सांसद विधेयकको विपक्षमा उभिएका थिए ।

विपक्षी सांसदले सरकारले रातो किताबमा गरिएको बजेट विनियोजनमा मनोमानी रुपमा रकम छुट्याइएको आरोप लगाएका थिए । उनीहरुले प्रदेशलाई उन्नतिको बाटोमा भन्दा पनि आर्थिक अनियमितताको बाटोमा लैजाने तर्क गर्दै बैठक अवरुद्ध पारेका थिए ।

सरकारले प्रतिपक्षले उठाएको माग सम्बोधन गर्ने आश्वासन दिएपछि बैठक सञ्चालन भएको थियो । सत्तापक्ष र प्रतिपक्षसँगसँगै प्रदेशको समृद्धि र विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्ने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताउनुभयो ।

हिजो बोलाइएको बैठकमा प्रदेश राजधानी तथा नामाङ्कन समितिका ज्येष्ठ सदस्य बिन्दुकुमार थापाले समितिको म्याद एक महिना थप गरियोस् भनी गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक आज बस्दै छ ।

LIVE TV