२४ बैशाख २०७५, सोमबार

काठमाडाैं । लामाे समयदेखि चर्चामा रहेकाे वाम एकताले अब जेठ पहिलाे साता सार्थकता पाउने भएकाे छ । यस बीचमा कुनै नाटकीय घटनाक्रम विकसित भएन भने एमाले र माओवादी केन्द्रबीच जेठको पहिलो साता एकीकृत पार्टी दर्ता गर्ने सहमति भएकाे र त्यसका लागि तयारी तीव्र पारेकाे स्राेतले जनाएकाे छ ।

दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटक-पटक एक्लाएक्लै भएका वार्तापछि धेरै कुरा मिलेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । यसबीचमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तय भएकाे छ । मोदी फर्किएपछि मात्रै एकीकरण प्रक्रिया टुंगो लाग्ने भुसालको दाबी छ ।

माओवादी अध्यक्ष प्रचण्डले एकीकृत पार्टीमा आफ्नो हैसियत कमजोर हुन नदिन एमालेसँग बराबर हिस्सा माग्दै आएका थिए । केपी ओलीले प्रचण्डका मागहरु पूरा गरिदिने माैन सहमति जनाएपछि एकता प्रक्रिया टुंगोमा पुग्ने स्थिति बनेको बताइन्छ।

बन्न लागेकाे एकीकृत पार्टीमा आफ्नो ‘पोजिसन’ सुरक्षित राख्न यतिखेर माअाेवादी केन्द्रका नेताहरूको दौडधूप चलेकाे बताइन्छ । खासगरी एकीकृत पार्टीको केन्द्रीय कमिटीमा माओवादीका धेरै नेताहरूले चाहना राखेका छन् । एमालेमा पनि साेही चाहना धेरै नेतामा पलाएकाे स्राेत बताउँछ । महाधिवेशनबाट निर्वाचित एमालेको केन्द्रीय कमिटी छ, जसलाई एकीकृत पार्टीको केन्द्रीय कमिटीमा रूपान्तरण गर्न कठिन छैन । तर माअाेवादीमा भने भाग मिलाउन धाैधाै पर्ने देखिन्छ ।

यी हुन् प्रचण्डका चार दाउ

एकीकृत पार्टीमा अाफ्नाे बराबरी हैसियत खाेज्दै अाएका प्रचण्डलार्इ सकेसम्म थामथुम गर्ने अाेलीकाे मानसिकता बनेकाे देखिन्छ । एमालेको हाल कायम रहेको २ सय सदस्यीय केन्दीय कमिटी यथावत राखी माओवादीलाई यसअघि वाचा गरिएकाे ९९ सदस्यमा ५० जनाजति थपेर ६०:४० हाराहारीको अनुपात बनाउन अाेली सहमत भएकाे स्राेतकाे दाबी छ ।

पार्टी एकीकरण टुंगो लगाउनुअघि माअाेवादी अध्यक्ष प्रचण्डले कुटिलतापूर्वक अाफ्ना चार दाउ एमाले अध्यक्ष अाेलीसँगकाे बार्गेनिङमा राख्दै अाएका थिए । जसमा १) केन्द्रीय कमिटीमा लगभग समान हैसियत,जसले गर्दा भोलि एमालेभित्रका ओली बिरोधीको साथ लिएर बहुमतमा पुग्न सकियोस् । २) आगामी दुई वर्षपछि हुने एकता महाधिवेशनबाट आफूलाई अध्यक्ष बनाउन एमाले नेताहरु सहमत हुनुपर्ने, जसले गर्दा संख्याको बलमा पूर्व एमाले समूह बिगतमा माक्र्सवादीमाथि हाबी भएजस्तो नहोस् । ३) केपी ओली प्रधानमन्त्री हुन्जेल आफूले कार्यकारी अधिकार प्रयोग गर्न पाइयोस । जसले गर्दा यो बीचमा एकीकृत पार्टीमा आफ्नो प्रभाब र दबाब बलियो बनाउन सकियोस् । ४) प्रधानमन्त्री पद आधा आधा कार्यकाल बाँड्न ओलीले लिखित सहमति गरुन् । जसले गर्दा बिगतमा जस्तो भद्र सहमतिमा धोखा नहोस् ।

यी चार विषयमा प्रचण्ड र ओलीबीच केही सहमति भएकाे स्राेतले बतायाे । जसका बारेमा दुवै पार्टीका केही शीर्षनेतालाई मात्र जानकारी दिइएको छ भने यस सहमतपलार्इ अाैपचारिकता दिन बाँकी रहेकाे जनाइन्छ ।

प्रचण्डलार्इ दुई वर्षका लागि प्रधानमन्त्री बनाउन समेत अाेली सकारात्मक देखिएकाे बताइन्छ । प्रचण्डले प्रधानमन्त्रीमा आधा-आधा कार्यकाल माग्दै अाएका थिए, जसमा अाेलीले अन्तिमका २ वर्ष दिने सहमति भएको र यसलाई लिखितरुपमा सार्वजनिक गर्दा सरकार कमजोर बनेकाे सन्देश जाने ठानेर माैन नै राखिएकाे बताइन्छ ।

यद्यपि एकतामा प्रचण्डलार्इ सजिलाे भने छैन । उनले अाफ्ना लागि एकीकृत पार्टीमा विभिन्न हैसियत खाेजे पनि पार्टीभित्रैका अन्य नेता र समूहकाे चित्त नबुझाएसम्म प्रचण्डले एक्लै निर्णय लिन सक्ने अवस्था नरहेकाे माअाेवादी नेताहरू बताउँछन् । पार्टीका हरेक किमिटी निर्माण, चुनावी टिकटदेखि मन्त्रिपरिषद गठनसम्ममा माओवादीभित्र विभिन्न समूह सक्रिय देखिन्छन् । विधि र प्रक्रियाबाट नेतृत्व चयनको परम्परा नरहेकाले यसपालि पनि एकीकृत पार्टीको केन्द्रीय सदस्य चयन माओवादीभित्र समस्या बनेर आउन सक्छ ।

 

 

LIVE TV