२४ बैशाख २०७५, सोमबार

काठमाडाैँ । रोजगारीको क्रममा विदेशमा ज्यान गुमाउने नेपालीको शवलाई व्यवस्थित तवरले परिवारका सदस्यले प्राप्त गर्न सकुन् भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव राख्ने, श्रद्धान्जली प्रकट गर्ने प्रतीक्षा कक्ष सञ्चालनमा ल्याइएकोे छ ।

मृतक कामदारको शव लिन विमानस्थल पुगेका आफन्तले शोकका बेला समवेदना प्रकट गर्नसमेत विभिन्न समस्या भोग्नुपर्ने भएपछि सरकारले आइतबारदेखि वैदेशिक रोजगार सहायता कक्ष सुरु गरेको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले रोजगारीका क्रमका विदेशमा ज्यान गुमाएका नेपालीको समवेदना र आफन्तको सहजताका लागि सेवा कक्ष स्थापना गरिएको बताए । याे खबर अाजकाे काराेबार दैनिकले छापेकाे छ ।

LIVE TV