२४ बैशाख २०७५, सोमबार

काठमाडाैं । पाकिस्तानका आन्तरिक मामिलामन्त्री अहसान इकबालमाथि एक बन्दुकधारीले गोली प्रहार गरेका छन् । गाेली लागेर मन्त्री सख्त घाइते भएकाे बताइएकाे छ ।

आफ्नो निर्वाचन क्षेत्र पर्ने उत्तर-पश्चिमी नगर नरोवालको भ्रमणका क्रममा उनीमाथि गोली प्रहार गरिएको थियो। पञ्जाब प्रान्तमा पर्ने नरोवाल नगरमा आयोजित एउटा र्‍यालीमा सहभागी भएर त्यहाँबाट बाहिरिन लागेका मन्त्री इकबालमाथि गोली प्रहार गरिएको समाचार एजेन्सीहरूले जनाएका छन्। उनको दाहिने पाखुरामा गोली लागेको समाचारमा जनाइएको छ।

घटनालगत्तै मन्त्री इकबाललाई अस्पताल पुर्‍याइएको थियाे । उनकाे अवस्था गम्भीर नरहेको पारिवारिक स्राेतले जनाएकाे छ ।

अधिकारीहरूका अनुसार बन्दुकधारीलाई पक्राउ गरिएको छ र उनीसँग सोधपुछ गरिँदैछ। मन्त्री इकबालमाथि गोली प्रहार गर्नुको उद्देश्य स्पष्ट भइनसकेको अधिकारीहरूले बताएका छन्।

मन्त्री इकबाल सत्तारूढ दल पाकिस्तान मुस्लिम लिग-नवाजका एकजना वरिष्ठ नेता पनि हुन्। गत जुलाइमा तत्कालीन प्रधानमन्त्रीलाई पदच्युत गरिँदा इकबाल प्रधानमन्त्री हुन सक्ने चर्चा थियो। (एजेन्सी)

LIVE TV