२४ बैशाख २०७५, सोमबार

काठमाडौँ । भारतको झरखण्ड चतरामा एक १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ । आमा बुवा विवाहमा गएका बेला चार जना युवकले किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् ।

आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाईएको प्रहरीलाई उद्धृत गर्दै बिविसीले जनाएको छ । गत शुक्रबार किशोरीको सामूहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्धसहित अन्य १४ जनाको पक्राउ गएिको भारतीय प्रहरीले जनाएको छ ।

घटनामा आरोपित १५ मध्ये १५ जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बिविसीले जनाएको छ । किशोरी सामूहिक बलात्कारमा परेको घटनामा इन्साफ दिलाउन भन्दै बसेको पन्चायतले पीडित परिवारलाई ५० हजार रुपैयाँ दिन पीडिकलाई आदेश दिएको थियो । तर, पन्चायतको उक्त आदेशले आफूहरूलाई अपमानित गरेको भन्दै पीडिकले पीडितको घरमा गएर किशोरीको जलाएर हत्या गरेका हुन् ।

ज्यूँदो छोरी जलिरहेको हेर्न विवश आमाबुवामाथि ती युवकहरूले निर्मम कुटपिट गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त घटनाको सूचना पाउनासाथ प्रहरीले आधी जलेको किशोरीको शव बरामद गरेको छ । पीडित परिवारले इटखोरी थानामा पीडकविरुद्ध उजुरी दर्ता गरेका छन् । आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले उनीहरूलाई खोजी रहेको जनाएको छ ।

LIVE TV