२४ बैशाख २०७५, सोमबार

काठमाडौँ । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि कम्पनीको छनोट गरिएको छ ।गत साता बेइजिङमा नेपाल र चिनियाँका अधिकारीबिच अध्ययन गर्ने सहमति भएपछि चिनियाँ पक्षले चाइना रेलवे फस्र्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरेको हो ।

कम्पनीले भदौ १५ सम्ममा प्रतिवेदन बुझाउने बताइएको छ । रेलवे विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायका अनुसार अध्ययनको सम्पूर्ण खर्च चीनले नै ब्योहोर्ने छ । विश्वकै जटिलमध्येको एक रेलमार्ग रहेकाले चिनियाँ कम्पनीले प्रतिवेदन दिएपछि मात्रै थप सम्भाव्यता अध्ययन गरिने छ ।

कम्पनीले चाँडै काम थाल्ने बताएको उपाध्यायले जानकारी दिनुभयो । यसअघि पनि चाइना रेलवे एडमिनिस्ट्रेसनका उप–प्रमुख चेङ चियन नेतृत्वको टोलीले केरूङ–काठमाडौँ र पोखरा–लुम्बिनी रेलमार्गको स्थलगत अध्ययन गरेको थियो ।

LIVE TV