२४ बैशाख २०७५, सोमबार

मोरङ । साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्या आरोपमा पक्राउ परेकामध्ये जिल्ला अदालत मोरङले आजसम्म १५ जनाको बयान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सो काण्डमा ६३ जना विरुद्ध सुन चोरी पैठारी निकासी, कर्तव्य ज्यान, अपहरण र संगठित अपराध अन्तर्गत संलग्नताका आधारमा बुधवार छुट्टाछुट्टै मुद्दा दर्ता गराएको थियो । पहिलो पटक अत्यधिक संख्यामा बहालवाला उच्च प्रहरी अधिकृतहरु विरुद्ध दर्ता गराइएको मुद्दामा पूर्व प्रहरी नायब महानिरीक्षक बाहेक ८ जना बहालवाला प्रहरीहरु रहेका छन् । वाँकी पक्राउ परेकाहरुको वयान लिन मंगलवारसम्म लाग्ने र त्यसपछि थुनछेकको बहस हुने मोरङ जिल्ला अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए ।

सुन तस्करी प्रकरणमा ९ जना पूर्व प्रहरी र बहालवाला प्रहरीलाई मुद्दा चलाइएको छ । मुद्दा चलाइएकाहरुमा पूर्व प्रहरी डिआईजी गोविन्द निरौला, तत्कालीन अपराध अनुसंधान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल र प्रहरी नायब उपरीक्षक संजयबहादुर राउत, प्रहरी जवान विष्णु खड्का प्रहरी हिरासतमा छन् ।

सम्बन्धित समाचार

सुन काण्डमा मारिएका सनमकी गर्लफ्रेण्ड निशाले दिएको बयान यस्तो छ (पुर्णपाठसहित)

साढे ३३ किलो सुन तस्करीको पर्दा खोल्ने अभियुक्त टेकराज ठकुरीको बयान (पुर्णपाठसहित)

साढे ३३ किलो सुनकाण्ड : पूर्व डीआइजी १७ लाख, एसएसपी १ करोड १२ लाख डिएसपी १५ लाख अरू क-कसलाई कति? हेर्नुहोस्

कहाँ छन् ‘सुन डन’ गोरे ? पत्नी भन्छिन् – डिभोर्स दिन्छु

LIVE TV