२३ बैशाख २०७५, आईतवार

पुल–ए–खुमरी, अफगानिस्तान। अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले अपहरण गरेका छ जना भारतीय इन्जिनियर भएको अफगानी अधिकारीले बताएका छन् ।

एक अज्ञात बन्दूकधारी समूहले गाडीमा तालीवान विद्रोही नियन्त्रित क्षेत्र पुल–ए–खुमरीको बाहिरी क्षेत्रमा हिडिरहेको अवस्थामा उनीहरूलाई अपहरण गरिएको प्रहरीले बताएको छ । प्रहरीले उनीहरूलाई सुरक्षाकर्मीको सहयोग लिन आग्रह गर्दै आएको भएपनि अपहरणमा परेका प्राबिधिकहरूले उक्त अनुरोधलाई नमानेको प्रहरी प्रवक्ता जावी सुजाले एएफपीलाई बताउनुभयो ।

विद्युत कम्पनीको उप–केन्द्रमा काम गर्न खाजा अलान क्षेत्रमा खटिएका विदेशी प्राविधिकको समूहलाई विहानै आएका सशस्त्र समूहले काम गर्न जाने क्रममा अपहरण गरिएको यसअघि प्रहरीले बताएको थियो ।

अपहरणमा तालिवान कमाण्डर मुल्लाह शाहेनको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

LIVE TV