२३ बैशाख २०७५, आईतवार
  • गणेश

अवैधानिक तवरले पुरातात्विक मूर्तिहरु र अन्य बस्तुहरु बेचविखन गर्दै आएका दरवारमार्गका तीन जना व्यवसायीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।

 

व्यूरोले आइतवार पत्रकार सम्मेलन गरी दरवारमार्गमा क्यूरियो व्यवसाय सन्चालन गर्दै आएका तीन जना व्यवसायीलार्ई बहुमुल्य मुर्तिहरु सहित पक्राउ गरेको जानकारी दिएको हो । प्रहरीले उनीहरूको साथबाट बहुमुल्यका बुद्ध मुर्ती र अन्य देवी देवताका मूर्तिहरु बरामद गरेको छ । त्यसैगरी बिचमा प्वाल भएका पुराना सिक्काहरु १ सय १ थान बरामद गरिएका छन । उनीहरूले पश्चिमा मुलुकहरुमा मूर्तिजन्य वस्तुहरु कार्गोमार्फत पठाउने गरेको प्रारभिंक अनुसन्धानमा देखिएको छ । मूर्तिजन्य बस्तुहरू नयाँलाई पुरानो जस्तो बनाउने र पुरानालाई नयाँ आवरणमा ढालेर बिक्री गर्ने गरेको पाइएको छ । पुरातत्विक महत्वका धातुहरु यसरी बिदेश पठाउने गरेको खुले लगत्तै प्रहरीले मूर्ति खरिद गर्ने विदेशी गिरोहमाथि पनि अनुसन्धान शूरु गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको दरवारमार्गमा व्यवसाय सन्चालन गर्दै आएका दीपक रत्न शाक्य, क्यूरियो कन्सर्नका सञ्चालक सुगतरत्न शाक्य र देवाज आर्टका सञ्चालक शीशिर शाक्य रहेका छन । उनिहरुलाई अदालतबाट प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार कारवाही हुने प्रहरीले जानकारी दिएको छ ।

LIVE TV