२३ बैशाख २०७५, आईतवार

एजेन्सी । भारतमा एक किशोरीलाई बलात्कारपछि जिउँदै जलाइएको छ । गाउँको अग्रजहरुलाई किशोर बलात्कारका गुनासो उनको बाबुआमाले गरेपछि ती किशोरीलाई जिउँदै जलाइएको भारत प्रहरीले जनाएको हो ।

भारतको झारखण्ड राज्यमा १६ वर्षीया किशोरीलाई बलात्कार गरिएको स्रोतले जनाएको छ । पूर्वी राज्य झारखण्डमा बलात्कारको घटनामा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरिएका छन् । गाउँलेहरूले बलात्कारको अभियोग लागेकालाई सजायस्वरूप ५० हजार रूपैयाँ तिर्न र १ सय पटक उठबस गर्न लगाउँदा आरोपितहरू निकै क्रुद्ध बने र ती किशोरीका बाबुआमालाई पिटी र उनलाई आगोमा राखेर जलाइएको प्रहरीले बताए ।

आरोपित दुई व्यक्तिले आमाबुवालाई पिटेर उनीहरूको घरमा गएर ती किशोरीलाई साथीहरूको सहयोगमा जलाएको स्थानीय प्रहरी चौकीका अधिकारी अशोक रामले समाचार संस्था एएफपीलाई भनेको छ ।

स्थानीय प्रहरीले उनलाई दुईजना पुरूषले राजा केन्दुवा गाउँ नजिकैको जंगल क्षेत्रमा लगेर बलात्कार गरेको बताएका छन्।  उक्त राज्यको प्रहरीले बलात्कारपछि हत्या घटनामा आफूले अनुसन्धान गरिरहेका १८ व्यक्तिमध्ये १४ जनालाई पक्राउ गरिसकेको जनाएको छ। बिबिसी

LIVE TV