२३ बैशाख २०७५, आईतवार
छविलाल बगाले.

काठमाण्डौ । चालु आर्थिक बर्षको ९ महिनामा निक्षेप ५ प्रतिशतले बढ्दा बाणिज्य बैंकहरुको ऋण लगानी दोब्बर भएको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा निक्षेप संकलनको तुलनामा बाणिज्य बैंकहरुको ऋण लगानीको अनुपात दोब्बरले बढ्न पुगेको छ । असोजको वित्तीय विवरण र चैतको वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुले निक्षेप संकलन ५ प्रतिशतले बढाउँदा ऋण लगानी १० प्रतिशतले बढाएका हुन् ।

असोजपछि चुनावको पैसा बाहिर आउने र तरलताको समस्या समाधान हुने भन्दै बैंकहरु असोज र पुषको तीन महिनामा ऋण लगानीमा आक्रामक देखिएका थिए । सो अवधिमा बैंकहरुले निक्षेप २ प्रतिशतले बढाए पनि ऋण लगानी भने ६ प्रतिशतले बढाएका थिए । त्यस्तै पुषदेखि चैतसम्ममा दुई प्रतिशतले निक्षेप बढ्दा ऋण लगानी ४ प्रतिशतले मात्रै बढाएका थिए ।

LIVE TV