२३ बैशाख २०७५, आईतवार

करीव एक महिनाअघि अघी प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा सहभागी भएर गएका कलाकारहरु दिनेश डि सी र राजेश हमालको एक महिनापछि हालै उक्त समयको तस्वीर देखिएको छ ।

भ्रमणदलमा सहभागी भएर त्यसबखत भारत जान पाउने मौका मिलेकोमा उनीहरुलाई भाग्यमानीको संज्ञा दिईएको थियो र उनीहरुले नेपाली कला र चलचित्रलाई प्रतीनीधीत्व गर्ने आशा गरीएको भएपनि भ्रमणदलमा सामेल हुने बाहेक उल्लेख्य प्रगती केही देखिएन । सहभागी मध्येका एक कलाकार दिनेश डि सीले भ्रमण अत्यन्त फलदायी भएको बताएका थिए तर उनले भनेजस्तो फलदायी के र कुन कुराले भन्ने प्रश्न आम मानीस र कलाकार स्वयंमा रहेको थियो ।

भारतीय प्रधानमन्त्री मोदीको कार्यक्रममा बलिउड कलाकारहरुको पनि उपस्थिती रहने भएपछि राजेश हमाल र दिनेश डि सी भारत पुगेका थिए । उक्त समय नेपाली टोलीले कुन कुन बलिउड कलाकारहरुलाई भेटे भन्ने कुरा कतै आएन नत कुनै फोटो नै सार्वजनिक भए । र, नयाँ दिल्लीबाट फर्केको करिब एक महिनापछि राजेश हमाल र दिनेश डिसीले बलिउड कलाकारसँगै डिनर लिएपछिको तस्बिर सार्वजनिक भएको छ ।

कलाकार निर्देशक डिसीले आफ्नो फेसबुकमा बलिउड नायिका अमिषा पटेल र जयपर्दासँग खिचाएको तस्बिर सार्वजनिक गरेका हुन् । भारतीय नेता अमर सिंहले नेपाली कलाकारको सम्मानमा आयोजना गरेको डिनरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, अमिषा पटेल, जयप्रदालगायतका कलाकार सहभागी थिए ।

 

 

LIVE TV