२३ बैशाख २०७५, आईतवार

चितवन । मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित वीरेन्द्रटोलमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको हो।

शनिबार राति करिब १२ बजे ना ५४ प ८८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी भरतपुर–२५ शुक्रनगरका ३५ वर्षीय भरत रामदाम र उनका छोरा करिब १० वर्र्षका समिर रामदामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बुबाको उपचारका क्रममा बिहान ३ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। र उनका छोरा समिरको सोही शिक्षण अस्पताल भरतपुरमा बिहान ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

LIVE TV