२३ बैशाख २०७५, आईतवार

काठमाडाैं । सरकारले ‘सिण्डिकेट’ गर्ने यातायात समिति र पदाधीकारीको सम्पति छानविन गर्ने काम अघि बढाउने भएको छ । समिति वा पदाधिकारीले सिण्डिकेट त्याग गरेको घोषणा गरे पनि सम्पती छानविन अनुसन्धान अनिवार्य हुनेछ । यसअघि शुक्रबार नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गृह मन्त्रालयमा यातायात समिति र पदाधीकारीहरुको बैंक खाता रोक्का गर्ने निर्णय गरेकाे खबर नयाँ पत्रिका दैनिकले लेखेकाे छ ।

LIVE TV