२२ बैशाख २०७५, शनिबार
  • हरिशजङ्ग क्षेत्री

काठमाडौ । गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधी एनआईसी एशिया बैंकले जितेको छ ।

शनिबार राजधानीको धनयन्तरी फुटसल धुम्बाराहिको फुटसल मैदानमा सम्पन्न भएको गभर्नर्स कप अन्तरबैंक फुटसलको उपाधी एनआईसी एसिया बैंकले नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडलाई सड्न डेथमा ५ का विरुद्ध ६ गोलको पराजित गर्दै जितेको छ । त्यसैगरी प्रतियोगिताको तेस्रो स्थानको लागि भएको खेलमा ग्लोबल आईएमई बैंकले एनएमबी बैंकलाई ३ शन्य गोलले हराउँदै तेस्रो भएको छ ।

नेपाल राष्ट्र बैंक बैंकको ६३औं बार्षिकत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकको सामन्य सेवा बिभागले प्रतियोगिताको आयोजना गरेको
प्रतियोगितामा राष्ट्र बैंकको एक टिम र बाणिज्य बैंकका १५ टिम गरि जम्मा १६ टिमको सहभागी रहेको थियोे ।

प्रतियोगिताको बिजेता टिमले ३० हजार, उपबिजेता टिमले २० हजार र तेस्रो हुने टिमले १० हजार नगत रुपैयाँका साथै ट्रफी, मेड्ल र प्रमाणपत्र प्राप्त गरेका थिए । साथै सर्बोउत्कृष्ट खेलाडीको ट्रफी नेपाल ईन्भेष्टमेन्ट बैंकका आशिष लामाले जित्दा सर्बोउत्कृष्ट गोलकर्ता ट्रफी एनआईसी एसियाका ठाकुर श्रेष्ठले जिते त्यसैगरी सर्बोउत्कृष्ट गोलरक्षकको ट्रफी एनएमबि बैंकका उजन लामाले जितेका छन् । ट्रफी बिजेता तिनै जना खेलाडीहरुले नगत पाँच हजार रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । भने प्रतियोगिताको फेयर प्लेको अवार्ड नेपाल बाङ्गलादेश बैंकले जितेको छ ।

बिजेता टिम र सर्वो उत्कृष्ट भएका खेलाडीहरुलाई नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपाल र राष्ट्रबैंककै वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले सयुक्तरुपमा पुरस्कार बितरण गरेको गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगिताका संयोजक गिरिजाप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

LIVE TV