२२ बैशाख २०७५, शनिबार

रुपन्देही । यातायात व्यवसायी समितिका पदाधिकारीसहित १२ जना रुपन्देहीबाट पक्राउ परेका हुन् । उनीहरु सिन्डिकेट खारेजीको विरोधमा यातायात हड्ताल गरेर आन्दोलनमा उत्रिएपछि पक्राउ परेकाे थियाे ।

पक्राउ परेका यातायात व्यवसायी समितिका पदाधिकारीहरू आइन्दा हड्ताल नगर्ने कागज गरेर छुटेका छन् । उनीहरु शुक्रबार बुटवल र भैरहवाबाट पक्राउ परेका थिए ।

उनीहरूले आइन्दा राज्यका कानुन उल्लंघन हुने गरी अत्यावश्यकीय सेवा अन्तर्गतको यातायात हड्ताल नगर्ने कागजमा हस्ताक्षर गरे पछि छोडिएकाे  इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी  दिएकाे हाे ।

बुटवलबाट ४ जना र भैरहवाबाट ८ जना यातायात व्यवसायी समितिका पदाधिकारी र कर्मचारी रिहा भएका हुन् ।

 

LIVE TV