२२ बैशाख २०७५, शनिबार
  • तारा आचार्य,

मोरङ । मुलुककै जेठो उद्योग विराटनगर जुट मिलका मेशिनरी र सामानहरु हराएको र बेचिएको घटना छानबिन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानबिन समिति बनाउने भएको छ ।

शनिवार विराटनगर स्थित विराटनगर जुट मिलको स्थलगत अनुगमन पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्योगको प्राविधिक अनुगमन, भ्रष्टाचार छानबिन र उद्योग पुनः संचालन गर्न सकिने नसकिने बारे अध्ययन गर्न छानबिन समिति बनाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले रुग्ण सरकारी उद्योगहरुलाई संचालन गर्ने सरकारले गृह कार्य गरिरहेको बताउनु भयो ।

विराटनगर जुट मिल सरकारले संचालन गर्न नसकेपछि दुई पटक निजी क्षेत्रलाई संचालन गर्न दिएकोमा मिल संचालन गर्न नसकेपछि पछिल्लो पटक मजदुरहरुको सहयोगमा सरकारबाट नियुक्त संचालक समितिले जुट मिल संचालन गर्दै आएको थियो ।

निजी क्षेत्रबाट उद्योग सरकारलाई हस्तान्तरण गर्ने क्रममा धेरै मेशिन र सामानहरु बेचिएको मजदुरहरुले बताएका छन् ।

LIVE TV