२२ बैशाख २०७५, शनिबार

एजेन्सी । करण जोहर निर्देशक, निर्माता र होस्टका साथै कलाकार पनि हुन् । उनले बाम्बे वेलवेट र वेल कम टु न्युयोर्क लगाएतका फिल्ममा अभिनय गरेका छन् । तर उनले आफैलाई खासै राम्रो कलाकार मान्दैनन् ।

जनकारीमा आएअनुसार करण जोहरले अभिनय गरेका यी दुवै फिल्म फ्लप बनेको भयो । करण आफैले भनेका छन् कि उनी आफै एक फ्लप कलाकार भन्न मन पराउँछन् ।

मराठी फिल्ममा काम गर्ने सवालमा उनले भनेका छन्, ‘मेरो कुनै पनि फिल्म चलेको छैन । मैले बाम्बे वेलवेट वेल कम टु न्युयोर्कमा काम गरेँ, तर यी दुवै फिल्म चलेनन् । कसैले मलाई फिल्ममा लिदैनन् । म एक ठुलो फ्लप कलाकार हुँ ।’

करणले मराठी फिल्म ‘बकेट लिस्ट’को प्रोमो सार्वजनिक गरिएको मौकामा यस्तो बयान दिएका हुन् । माधुरी दिक्षीतले यसै फिल्म मार्फत मराठी फिल्ममा काम सुरु गरेकी हुन् ।

LIVE TV