२२ बैशाख २०७५, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा प्रतिक्रियावादीहरुले सत्तामा टिकिरहनका लागि कम्युनिष्टहरु गरिवी बाँड्ने पार्टी रहेको बताउने गरेको दावी गर्नुभएको छ । तर उहाँले आफ्नो सरकारको प्रमुख लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली बनाउनु नै रहेको प्रष्ट पार्नु भएको छ ।

कार्लमाक्र्सको द्धीशतवार्षिकीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै पनि देशका सत्तासिनहरुले बिश्वमा कम्युनिष्टहरुलाई असफल बनाउन माक्र्सवादी सिद्धान्तलाई गरिवी बाड्ने सिद्धान्त भन्दै आरोपित गर्ने गरेको बताउनुभयो ।

नेपालका कम्युनिष्टले माक्र्सवादी बिचार र सिद्धान्तलाई सहि रुपले बुझेकाले अधिनायकवादी भनेर प्रचार गरेको भएपनि सफल रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले माक्र्सवादी सिद्धान्त वैज्ञानिक रहेको बताउनुभएको थियो । तत्कालीन जर्मनका सत्ताधारीहरुले सत्तामा टिकिराख्नका लागि नै माक्र्सलाई बिभिन्न तरिकाले आरोपित गर्दै देश निकाला गर्न समेत सफल भएको भएपनि अन्तत माक्र्स विश्भर नै चर्चित बनेको स्मरण गर्नु भएको थियो ।

LIVE TV