२२ बैशाख २०७५, शनिबार

काठमाडौं । आज सम्पन्न भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभाबाट अध्यक्षमा कर्मा छिरिङ शेर्पा निर्वाचित भएका छन् । लामो विवाद र अन्योलतालाई चिर्दै आज भएको निर्वाचनमा ६३ मत ल्याउँदै शेर्पा विजयी भएका हुन् ।

शेर्पाका प्रतिस्पर्धी मणि कुँवरले १२ मत मात्र ल्याए भने जम्मा ७७ मतदाता रहेकोमा एक जना अनुपस्थित भएका थिए भने एक मत बदर भएको थियो । समितिको महासचिव र कोषाध्यक्ष भने मनोनीत हुने व्यवस्था छ ।

यस्तै (एन्फा’को ४ उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्णबहादुर थापा र उपेन्द्रमान सिंह निर्वाचित भएका छन् ।

११ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सबै शेर्पा प्यानलबाटै विजयी भएका छन् ।

विजयी हुनेहरुमा पूर्णमान चित्रकार, रवीन्द्रमान श्रेष्ठ, मधुसूदन उपाध्याय, दावा लामा, निरोज खड्गी, प्रदेशसिंह राठौर, दिनेश व्यन्जनकार, दीर्घबहादुर केसी कुमार, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ रहेका छन् । एक महिला सदस्यका लागि पेमा लामा निर्विरोध भएकी छन् ।

LIVE TV