२२ बैशाख २०७५, शनिबार
  • नारायण सुबेदी

नवलपरासी। पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीले संयुक्त रुपमा सुरक्षा गस्ती सुरु गरेका छन् ।

सीमा क्षेत्रमा हँुदै आएको चोरी, तस्करी र आपराधिक कृयाकलाप नियन्त्रण गर्ने उदेश्यले संयुक्त सुरक्षा गस्ती गरिएको शशस्त्र प्रहरी हरपुरका शशस्त्र प्रहरी निरीक्षक प्रकाशकुमार ढकाल जानकारी दिनुभयो ।

नेपाल भारत दशगजा क्षेत्र नवलपरासीको पाल्हीनन्दन २ गोपालपुर ५०५ नम्बर पिलरदेखि सुरु भएको गस्ती पाल्हीनन्दन ६ गेर्मी ५०८ सम्म गरिने ढकालले बताउनुभयो ।

संयुक्त सीमा सुरक्षा गस्तीमा भारतीय सीमा सुरक्षाकर्मीको नेतृत्व भारतीय एस. एस. बी. ठुठीवारीका ईन्सपेन्टर रागबेन्द्र सिंह र नेपाल तर्फ शशस्त्र प्रहरी हरपुरका शशस्त्र प्रहरी निरिक्षक ढकालले गर्नुभएको थियो ।

LIVE TV