२२ बैशाख २०७५, शनिबार

वीरगञ्ज । शुक्रबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा एक महिलाले तीन वटा छोरालाई जन्म दिएकी छन् । स्थाई घर पर्साको रतनपुर भएकी २७ वर्षीया सबरुन खातुनले तीन वटा छोरा जन्माएकी हुन् ।

आमा र बच्चा सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्त्री तथा डा निलम चौरसिया र एनेस्थियोलोजिष्ट डा रामपुकार साह नेतृत्वको टोलीले शुक्रबार शल्यक्रिया गरेर बच्चा निकालेका थिए । तीन वटा मध्ये २ शिशुको तौल २.५ केजी र अर्का एकको २.४ भएको अस्पतालले जनाएको छ ।

यसअघि खातुनले पहिलो सन्तानको रूपमा छोरी जन्माएकी थिइन् ।

LIVE TV